कम्पनीको प्यान संशोधनका लागि हिजो आन्तरिक राजस्व कार्यालय नेपालगन्जमा गएको थिए । त्यहाँ जाँदा मैले भोगेको समस्या जुन हाम्रो कर्मचारीतन्त्रको देशभरको समस्या हो त्यो थोरै लेख्दैछु ।
कार्यालय पुगेपछि सबैभन्दा पहिला म सोधपुछ शाखामा गए । त्यहाँ पुगेर सोधपुछ गरेपछि कर्मचारीले ३ नम्बरमा जानु भन्नु भयो । उहाँले भने अनुसार गरे । त्यहाँ गए । लाइन थियो । कुरेपछि पालो आयो । काम भो अनि १ नम्बरमा जान भन्नू भयो त्यसै गरे । म त्यहाँ गए लाइन थियो । लाइन पालो आयो काम भो । अनि ८ नम्बरमा जान भन्नू भो ।
म त्यहाँ गए लाइन थियो लाइन पालो आयो काम भो अनि ५ नम्बरमा जान भन्नू भो । त्यहाँ गए लाइन थियो लाइन पालो आयो काम भो अनि ६ नम्बरमा जान भन्नू भो । त्यहाँ गए लाइन थियो लाइन पालो आयो काम भो अनि पुनः ५ नम्बरमा जान भन्नू भो । त्यहाँ गए लाइन थियो लाइन पालो आयो काम भो ।
अनि ३ नम्बर सर खाजा खान जानू भाछ भन्नू भयो । आधा घण्टा कुरे । सर आउनुभयो । एक छिनमा लाइन सकिएपछि सदर गर्नु हुन्छ भन्नु भो । केही बेरपछि काम भयो अनि ३ नम्बरमा जान भन्नू भो ।
त्यहाँ गए लाइन थियो काम भएपछि अनि १ नम्बरमा जान भन्नू भो ।
म त्यहाँ गए लाइन थियो लाइन । पालो आयो काम भयो । अनि ८ नम्बरमा जान भन्नू भो । त्यहाँ गए लाइन थियो । पालो आयो काम भयो । अनि प्रमाणपत्र थमौती हुँदै घर जानुस् भन्नू भयो । म फर्किए !
आन्तरिक राजश्व कार्यालय जस्तो ठाउँ वोन स्टेभ सर्भिस हुनु पर्ने होइन र ?
निस्कर्षः
यो लाइन लगाउने कुरा जबसम्म सच्चिदैन मुलुक परिवर्तन नहुने म ढुक्क भए !
(भुषाल नेपालगन्जका युवा उद्यमी र घरेलु तथा साना उद्योग महासंघ बाँकेका महासचिव हुन । आन्तरिक राजश्व कार्यालयमा सेवा लिन जाने क्रममा भोगेको समस्याका बारेमो अनुभव हो ।)