बाँकेमा एमालेका जनप्रतिनिधि एकढिक्का, पार्टी विभाजनको बिपक्षमा


  • बाँकेमा एमालेका सबैजनप्रतिनिधि एकढिक्का हुनुहुन्छ’– सुर्य ढकाल
  • ‘एक÷दुई दिन पर्खिनुहोस् । को –कता भन्ने खुल्छन्’– अशोक कोइराला
  • ‘षडयन्त्र नगरी १० बुँदे सम्झौताको पूर्ण पालना गर्ने हो भने जनप्रतिनिधि मात्र होइन बाँकेमा एमाले एकढिक्का हुन्छ’– रत्न खत्री

नेपालगन्ज – बाँकेमा नेकपा एमालेका जनप्रतिनिधि हालसम्म एकढिक्का छन् । पार्टी फुटाउन ल्याइएको अध्यादेशमा दल परिवर्तन गर्ने समयसीमा सकिन थोरै समय बाँकी रहेपनि कसैले पार्टी त्यागेको पाइएको छैन ।

एमाले बाँकेका अध्यक्ष सुर्य ढकाल बाँकेमा आफ्ना जनप्रतिनिधिहरु एकढिक्का रहेको बताउँछन् । ‘शनिवार मात्र हामीले जनप्र्रतिनिधिहरुको भेला गरेका थियौं । राम्रै सहभागिता रहेको थियो । बाँकेमा हाम्रा जनप्रतिनिधि एकढिक्का हुनुहुन्छ ।’– ढकालले भने ।

बाँकेमा नेकपा एमालेले क्षेत्र नं. ३ मा प्रतिनिधिसभा, एउटा प्र्रदेश सभा, तीनवटा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सहित बहुसंख्यक वडाहरु जितेको थियो । त्यस्तै क्षेत्र नं. १ मा भने एकजना प्र्रदेश सभा सदस्य, एउटा नगरपालिकाका मेयर सहित वडाहरु जितेको थियो । क्षेत्र नं. २ मा भने वडाहरु जितेको थियो । यि सबै जनप्रतिनिधिहरु ढिक्का रहेको ढकालले बताए ।

तर हाल नेकपा एकिकृत समाजवादीका नेता रहेका अशोक कोइराला दल परिवर्तन गर्ने समयसीमा अझै बाँकी रहेकाले एमालेका जनप्रतिनिधि आफुहरुतिर खुल्नेमा आशावादी छन् । उनी भन्छन्,–‘केही दिन पर्खिनुहोस् को कतातिर खुल्छन् ।’

नेता रत्न खत्री एमालेलाई जेठ २ मा फर्काउने भनेर स्थायी समितिले गरेको निर्णय कार्यान्वयन गर्ने वा नगर्ने भन्ने विषयले जनप्रतिनिधि कता खुल्छन् भन्ने निर्धारण गर्ने बताउँछन् । बाँकेमा एमालेबाट बिभाजित भएकाहरु मध्ये केही अब एमालेमा नफर्किने अवस्थामा छन् भने धेरै जसो दश बुँदे सम्झौता कार्यान्वयन गरेर एमालेमै फर्किने पक्षमा छन् । तर त्यो कसरी कार्यान्वयन हुन्छ भन्नेमा उनीहरु अन्यौलम छन् ।

खत्री भन्छन्–‘कुनै षडयन्त्र नगरी १० बुँदे सम्झौताको पूर्णरुपमा कार्यान्वयन गर्ने हो भने बाँकेमा जनप्रतिनिभि मात्र होइन अधिकांस एमालेजन एकढिक्का हुन्छन् ।’
एमाले बाँकेका अध्यक्ष ढकाल आफुहरु स्थायी समितिले गरेको निर्णय कार्यान्वयन गरेर अगाडी बढ्ने पक्षमा रहेको बताए ।

जनप्रतिनिधि एक ठाउँमा

नेपालगन्ज – नेकपा एमाले बाँकेले जिल्लामा निर्वाचित जनप्रतिनिधिसंग अन्तरक्रियात्मक भेला सम्पन्न गरेको छ । आगामी चुनावलाई लक्षित गर्दै बाँकेका स्थानीयतहमा निर्वाचित भएका जनप्रतिनिधिहरुले जनता सामू राखेका प्रतिबद्धता पूरा गर्न सञ्चालन गरेका बिकास र त्यसले पार्ने प्रवालाई लिएर आगामी चुनावमा बहुमत प्राप्त गर्न नेकपा एमाले बाँकेले जिल्ला स्तरीय भेलाको आयोजना गरेको हो ।

नेकपा एमालेको बहुमत हुँदाहुँदै पनि माधव नेपालको कुण्ठा र महत्वाकांक्षा कै कारण सरकार ढले पनि नेपालको इतिहाँसमा केपि वली नेतृत्वको सरकारले महत्वपूर्ण उपलब्धी हाँसिल गरेको नेकपा एमालेका केन्द्रिय सदस्य एवं स्थानीय तह बिभाग प्रमुख देवेन्द्र दाहालले बताए । उनले भेलालाई सम्बोधन गर्दै जनताले विश्वास गर्नेगरि जनप्रतिनिधिहरुले जनताको बिकासमा ध्यान दिन आग्रह गरे ।

बाँकेका आठ स्थानीय तहमा रहेका ८१ वडामा नेकपा एमालेको नीति तथा कार्यक्रम लिएर जानुपर्ने खजुरा गाउँपालिका अध्यक्ष, नेकपा एमाले बाँकेका उपाध्यक्ष एवं स्थानीय तह केन्द्रिय बिभाग सदस्य किस्मतकुमार कक्षपतिले जोड दिए । उनले आगामी पाँच बर्ष जनताको चाहना पूरा गर्ने र ८१ वडाका जनताको भविश्य सुनौलो बनाउने प्रतिबद्धता ब्यक्त गरे ।

जनप्रतिनिधिहरुको अन्तिम अवधी चलिरहेका बेला जनताका लागि योजना बनाई अगाडी बढ्न नेकपा एमाले बाँकेका सल्लाहकार समितिका सदस्य देवराज भारले नेकपा एमाले बाँकेका जनप्रतिनिधिहरुलाई सुझाव दिए ।
नेकपा एमाले रह्यो भने राष्टिूयता, लोकतन्त्रका मूल्य मान्यता सुक्षित हुने नेकपा एमाले बाँकेका अध्यक्ष सूर्य ढकालले बताए । बाँके जिल्लामा एमाले बिभाजनको असर पर्न नदिन जनप्रतिनिधिसंग अन्तरक्रियात्मक भेलाको आयोजना गरिएको हो ।

बैजनाथका जनप्रतिनिधिको जोड दश बुँदे कार्यान्वयनमा

बैजनाथ -बैजनाथ गाउँपालिकामा नेकपा एमाले बाट निर्वाचित जनप्रतिनिधिहरुले नेकपा एमालेमा नै रहने निर्णय गरेका छन।

बैजनाथ गाउँपालिकाको गाउँ कार्यपालिकाका सदस्यहरुले सामुहिक रुपमा नेकपा एमालेमा नै रहने र १० बुँदे छिटो कार्यान्वयन गर्नाका लागि दबाव दिने बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले बताएका छन ।

बैजनाथ गाउँपालिकामा नेकपा एमाले बाट कूल ३४ जना स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधि छन।

नेकपा एमाले विभाजन भए पश्चात नेकपा एकिकृत समाजवादी पार्टी रोज्न यही २२ गते भित्रको समय सिमा उपलब्ध गराइएको छ ।

हामी सबै नेकपा एमालेमा नै रहने हो।’ तर कार्यदलले दिएको १० बुँदे कार्यान्वयन गराउन केही साथीहरु आनाकानी गरेको देखिन्छ । त्यो अत्य हुनु पर्छ ।’ छिटो १० बुँदे कार्यान्वय गराउन पहल गर्नु पर्छ भन्ने हामी सबैको माग छ ।’ बैजनाथ गाउँपालका वडा न ५ का अध्यक्ष मन बहादुर खत्रीले भनेका छन।

पछिल्लो समय नेकपा एमाले बाट निर्वाचित बैजनाथका जनप्रतिनिधि पार्टीका गतिविधिमा सामेल भएका छैनन । नेकपा एमाले जारी गरेको १० बुँदे सहमति कार्यान्वयन गरेपश्चात पार्टीका गतिविधिमा क्रियासिल हुने बैजनाथका जनप्रतिनिधिहरुले बताएका छन।

 

प्रकाशित मितिः     १९ भाद्र २०७८, शनिबार १८:५६  |