नेशनल लाइफ इन्स्योरेन्स कम्पनीद्धारा बिमाङ्क रकमको चेक घरमै हस्तान्तरण


नेपालगन्ज : नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१७ र जानकी गाउँपालिका-२ का दुई जनालाई घरमै पुगेर बिमाङ्क रकम हस्तान्तरण गरेको छ ।

इन्स्योरेन्सकी मुख्य व्यवसाय प्रबन्धक गंगा शर्मा पराजुली, नेपालगन्ज क्षेत्रीय प्रमुख दीपनारायण खनाल, सहायक विकास अधिकृत प्रेम विसी र व्यवसाय प्रबन्धक अनिलकुमार यादवले शनिबार नेपालगन्ज-१७ का स्व. कुवारे धोवी र जानकी-२ की स्व. गुडिया काँदुको घरमै पुगेर रकम हस्तान्तरण गरेका हुन् ।

१५ वर्षे अवधिको १० लाख रुपैयाँको बिमाङ्क रकमको जीवन अमृत बीमा गराएका धोबीले चौथो वार्षिक बीमा शुल्क भुक्तानी गरेपछि निधन भएपछि स्थानीय भद्र भलादमीको रोहवरमा बीमालेख बापतको १२ लाख २८ हजार ३ सय ३३ रुपैयाँको चेक मृतककी पत्नी सुन्दरी धोवीलाई हस्तान्तरण गरिएको थियो ।

त्यसैगरी स्व.काँदुले आफू प्रस्तावक रहेर छोरी लक्ष्मी काँदुको नाममा २ लाख रुपैयाँको बिमाङ्कको १५ वर्षे अवधिको बाल अमृत जीवन बीमा गराएको तेस्रो वर्षमा निधन भएको थियो । उक्त बीमालेख बापतको २ लाख रुपैयाँको चेक छोरी लक्ष्मीको पठनपाठनका लागि हस्तान्तरण गरिएको हो । बाँकी बीमा शुल्क मिनाहा हुने र बीमा अवधि समाप्तीसम्म तीन चरणमा पुनः बिमाङ्क २ लाख र बोसन रकम भुक्तानी हुने इन्स्योरेन्सकी मुख्य व्यवसाय प्रबन्धक पराजुलीले जानकारी दिइन् ।

प्रकाशित मितिः     १९ भाद्र २०७८, शनिबार २१:४६  |