एमसीसीको बिरोधमा नेपालगन्जमा जनमोर्चाको बिरोध प्रदर्शन


नेपालगन्ज । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता खारेजीको माग गर्दै मंगलवार नेपालगन्जमा बिरोध प्रर्दशन गरेको छ । राष्ट्रिय जनमोर्चाको आयोजनामा विरोध प्रदर्शन गरिएको हो ।

बिरोध प्रदर्शन पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेताहरुले एमसीसी सम्झौता लामो समयसम्म गुपचुप राखिएको भन्दै अहिले संसदबाट जसरी पनि पास गर्ने भन्ने सरकारको प्रयास आपत्तिजनक भएको बताए । उनीहरुले एमसीसी संसदबाट पास भए नेपाल अमेरिकी साम्राज्यवादको अखडा बन्ने बताए । त्यसले नेपालको स्वतन्त्र परराष्ट्र नीतिको उल्लंघन गर्ने जनाए ।

प्रकाशित मितिः     २२ भाद्र २०७८, मंगलवार १९:५३  |