सुनमा मौलाउँदो ‘कालो धन्दा’


नेपालगन्ज– सुन–हेर्दा पहेंलो र चिटिक्क देखिए पनि त्यसभित्रको कालो धन्दाले प्रहरीलाई हैरान बनाएको छ । अझ नियम कानून भित्र रहेर व्यापार गरिरहेका सुनचाँदी व्यवसायी नै यस्तो धन्दामा लागेको पाइएपछि अपराध नियन्त्रणमा प्रहरीलाई चुनौती थपिएको छ ।

यस्तो कालो धन्दाको ट्रान्जिट पश्चिममा नेपालगन्ज बन्न पुगेको छ । दाङ्ग तथा काठमाण्डौंबाट नेपालगञ्ज तर्फ गैरकानुनी रुपमा सुन ओसारपसार भइरहेको गोप्य सूचनाको आधारमा भदौ दोस्रो साता आन्तरिक ट्रयासिङ्ग (पत्ता लगाउने) क्रममा बाँके प्रहरीले नेपालगञ्ज एयरपोर्टबाट ४.२१.४९ केजी सुन सहित २ जनालाई पक्राउ गरेपछि पहेंलो सुनभित्रको कालो धन्दा सार्वजनिक भएको हो ।

काठमाण्डौंबाट नेपालगञ्जका लागि उडेको श्रीएयलाइन्स को फलाइट नम्बर क्ज्ब्४३३ नम्बरको पेलेनबाट शुक्रबार दिउसो २ बजे नेपालगञ्ज एयापोर्टमा अवतरण पछि बाहिर निस्कने क्रममा गोप्य सूचनाको आधारमा पिछा गरिरहेको प्रहरीले शंकास्पद २ जना ब्यक्तीलाई नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो ।

उक्त घटनामा पक्राउ परेका मोरङ्ग तत्कालिन लेटाङ्ग गाविस वडा नम्बर २ घर बताउने बर्ष २८ को बुद्दिमान खाती र झापा खादुनावारी गाविस वडा नम्बर ६ अमिर लगुन (वि.क. ) को पेलेन अवतरण गरेको आधा घण्टा पछी करिव २ः३० बजे को समयमा ति ब्यक्तीहरुले शंकास्पद गतिविधी गरेकाले नेपालगञ्ज एयरपोर्ट बाहिर बाट नियन्त्रणमा लिएर प्रहरीले खानतलासी एसपी श्याम कृष्ण अधिकारीले बताए ।

खानतलासी गर्दा अमिर लगुनले लगाएको दाँया बाँया जुत्तामा लुकाएर राखेको २÷२ वटा सुनका विस्कुट र बुद्दि मानले लगाएको दाँया बाँया जुत्ता भित्र१÷१ पिस गरी जम्मा ६ थान गरि ३.९९४ केजी काँचो सुन र खातीले बोकेको लेदरको झोला चेकजाँच गर्दा झोलावाट तिलहरी १ थान, बाला१ थान, लकेट ५ थान गरि २७.४९ ग्राम गरी जम्मा ४.२१.४९ केजी सुन बरामद भएको थियो ।

गैर कानुनी सुन काण्ड मिलाउन सुनचाँदी व्यवसायी मार्फत मिलावटी विल बनाएर कुराकानी मिलाउने षडयन्त्र भइरहेको छ ।

प्रहरीले पक्राउ गरेको सुन आवश्यक कार्वाहीका लागि कोहलपुर स्थित राजश्व अनुसन्धान कार्यालयमा पठाउने गरेको छ । उक्त घटनाका विषयमा आन्तरिक राजश्व कार्यालय कोहलपुरले अनुसन्धान गरिरहेको प्रमुख अनुसन्धान अधिकृत सरोज पोख्रेलले बताए ।

पछिल्लो एक वर्षभित्र नेपालगन्जमा मात्र दुईवटा ठुला बैकिङ्ग कसुरका घटना भए । दुवै घटनामा सुनचाँदी व्यवसायसंग सम्बन्धित छ । गत वर्ष बैंकमा नक्कली सुन धितो राखेर रकम निकाल्ने गरिएको एउटा अपराधको घटनामा अदालतले आरोपीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

यो घटना हो, सिटिजन्स् बैंकको । उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासले सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको नेपालगन्ज शाखामा नक्कली सुनका गहना धितो राखी फर्जी कागज बनाएर बैंकको ३ करोड २७ लाख घोटालामा संलग्नताका ७ जना अभियुक्त संग जनही २५÷२५ लाख धरौटीमा रिह ागर्न आदेश दिएको थियो । न्यायाधीश विष्णुदेव पौडेल र ऋषि अधिकारीको संयुक्त इजलासले दुई महिनादेखि थुनामा रहेका ७ जनालाई धरौटी माग गर्यो ।


बैंकका कर्मचारीको मिलेमतोमा बैंकलाई हानी नोक्सानी पुग्नेगरि ब्यापारीहरुबाट अनुचित फाइदा दिंदै आएको आरोपमा मुद्दा चलाइएको थियो । उनीहरुमाथि १० जना सुन ब्यबसायीहरुसंग मिलेमतो गरेर मुल्यांकन भन्दा कम परिमाणमा सुन धितो राख्ने, नक्कली कागज बनाएर बैंकलाई हानी पु¥याउँदै आएको आरोप लगाइएको थियो ।

धितो भन्दा धेरै ऋण दिने आरोप लागेका ३ जना बैंकका कर्मचारी र ऋण लिने १० जना ब्यबसायी सहित १३ जना बिरुद्ध उच्च अदालत नेपालगन्ज वाणिज्य इजलासमा उच्च अदालत सरकारी वकिल कार्यालयले बंैकिङ कसुरको अभियोगमा मुद्दा दायर गरेको थियो । बैंकका सुनजाँचकी ज्योतिका आफन्तनै यस प्रकरणमा ऋण लिनेमा धेरैजना छन् ।

सुन माफियाको गिरोहको मिलोमतोमा यी सबै घटना भएको थियो । बैंकको आन्तरिक लेखा परीक्षणका क्रममा ३ करोड २७ लाख रुपिया नोक्सानी खुलासा भएको हो ।

सिटिजन्स बैंकको घटना सेलाउँन नपाउँदै राष्ट्रिय वाणिज्य बैंक, त्रिभुवनचोकको १ करोड १५ लाख ठगी प्रकरण सार्वजनिक भएको छ । यो घटनामा पनि सुनचाँदी व्यवसायी मुख्यरुपमा अभियुक्त थिए । नेपालगन्ज –१३ का सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढले नक्कली र किर्ते कागजात पेश गरी राष्ट्रिय वाणिज्य बैंकको त्रिभुवनचोक शाखाबाट रु १ करोड २४ लाख ऋण लिएको विषयमा प्रहरीले अनुसन्धान अगाडी बढाएको थियो ।

जसगढले जग्गाको लालपुर्जा,तिरो तिरेको रसिददेखि नक्सापाससम्म किर्ते गरी आफै तयार गरे । त्यसका लागि नेपालगन्ज उपमहानगरपालिकाको लेटरप्याड, हस्ताक्षर, छाप र प्रमुखको हस्ताक्षरसम्म किर्ते गरेका छन् । त्यसैबाट नक्कली धितो बनाएर उनले दुई पटक बैंकबाट ऋण लिएको पाइएको छ । जसगढले २०७६ मंसिर २२ गते ५० लाख र २०७७ जेठ २५ गते ७५ लाख ऋण लिए ।

जसगढले ऋण लिदा पेश गरेको धितो रुजु गर्ने क्रममा नक्कली भएको पाइएको हो । नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शम्सेर राणाका अनुसार, सबैकाम फर्जी भेटिएपछि छानविनका लागि प्रहरीलाई अनुसन्धानका लागि अनुरोध गरेको थियो । प्रहरीले अनुसन्धानबाट नेपालगन्ज उपमहानगरपालिका मात्र होइन मालपोत कार्यालयको कागजात समेत नक्कली खडा गरेको पाइएको छ । मेयर राणाले भने,–‘जे जति प्रमाण आवश्यक पर्छ, त्यो सबै नक्कली खडा गरेको देखियो ।’

प्रहरीका अनुसार, जसगढले बैंकमा धितोका रुपमा चारवटा धितो पेश गरेका थिए । ती मध्ये दुईवठा नक्कली र एउटा क्षेत्रफल बढाएर किर्ते गरेको भेटिएको छ । बचेको एउटा जग्गाको मुल्य जम्मा चार लाखसम्म रहेको देखिन्छ । उनले वाणिज्य बैंक बाहेक अन्य आधा दर्जन बैंकमा कारोवार गर्दै आएको पाइएको छ ।

पहेलो सुनको कालोधन्दाका साना घटनाहरु त्यसै सेलाउँछन् । तस्करी गरेर सीमा वारपार गराइएका सुनचाँदी फेला परेका घटना त छदैछन् त्यसैभित्र हुने ठगी प्रकरणले ठुला अपराधिक घटनालाई सम्म निम्तो दिएका छन् ।
पश्चिममा नेपालगन्ज सुन तस्करीको ‘ट्रान्जिट’ बनेको छ । तर अनुसन्धान गर्ने निकायले गम्भीरतापूर्वक अनुसन्धान गरी पहेंलो सुनको आडमा कालो धन्दा गर्नेलाई कानूनी कठघरामा उभ्याएको पाइदैन । यसपटक प्रहरीले हिम्मत त गरेको छ तर नतिजा के हुन्छ ? हेर्न बाँकी छ । तस्करी मात्र होइन बाँकेमा सुन व्यवसायको आडमा बैंकमा लाखौंको घोटाला समेत गरियो । जसमा मिलोमतो भने बैंककै कर्मचारीको पनि थियो ।

प्रकाशित मितिः     २२ भाद्र २०७८, मंगलवार १७:५८  |
error: Content is protected !!