एमालेमै ‘रत्न’, अध्यक्षमा निरक गुरुङ्ग


नेपालगन्ज । नेकपा एमालेको २०७५ जेठ २ अघिको संरचना अनुसार लुम्बिनी प्रदेश कमिटिको बैठकले प्रदेशका १२ वटै जिल्लामा जेठ २ गतेको संरचना अनुसार कमिटीहरु ब्युँताउने निर्णय गरेको छ । उक्त निर्णय अनुसार बाँकेमा पार्टी अध्यक्ष निरक गुरुङ, उपाध्यक्ष किस्मत कक्षपति, सचिवमा रत्न खत्री र सहसचिवमा प्रमोद धितालले जिम्मेवारी दिएका छन् ।

माधव नेपाल समूहमा सक्रिय भएपनि पार्टी बिभाजनको बिपक्षमा लाग्ने निर्णय गर्दै सचिव रत्न खत्रीले जिम्मेवारी सम्हाल्ने बताएका छन् । उनले एमालेलाई जेठ २ मा फर्काउने निर्णय कार्यान्वयन भएकाले एमालेमा आएर साविकको जिम्मेवारी सम्हाल्न अनुरोध गरेका छन् । एमाले उपमहासचिव तथा प्रदेश इन्चार्ज विष्णु पौडेलको उपस्थितिमा बुटवलमा बसेको बैठकले एमाले स्थायी कमिटिको निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको बैठकमा सहभागी एक प्रदेश कमिटीका सदस्यले जानकारी दिए ।

१५ असारमा बसेको एमाले स्थायी कमिटि बैठकले एमालेको संगठनको संरचनालाई २०७५ जेठ २ मा लैजाने निर्णय गरेको थियो। बैठकले नेकपा एकिकृत समाजवादीमा खुलेका सदस्यहरुलाई हटाएर बाँकी संरचना २०७५ जेठ २ को ब्युँताउने निर्णय गरेको ती सदस्यले बताए ।

बैठकले लिला गिरीको अध्यक्षतामा प्रदेश कमिटीको पदाधिकारी चयन गरेको प्रदेश कमिटीका सचिव भुमेश्वर ढकालले जानकारी दिए । बैठकले खेममान खड्का उपाध्यक्ष, भुमेश्वर ढकाल सचिव तथा दुर्गा थारुलाई सहसचिव चयन गरेको सचिव ढकालले बताए ।

२०७५ अघिको संरचनामा उपमहासचिव पौडेल प्रदेश संयोजक थिए । पार्टी एकिकरण पश्चात नेकपा बनेपछि मात्र शंकर पोखरेललाई लुम्बिनी प्रदेश इन्चार्ज तोकिएको थियो ।

साविकको जिल्ला अध्यक्षले एमाले छाडेको हकमा उपाध्यक्षलाई अध्यक्ष बनाउने र दुबैले पार्टी छाडेको अवस्थामा नयाँ अध्यक्ष मनोनयन गर्ने निर्णय भएको समेत उनले बताए । लुम्बिनी प्रदेशमा निकै कम जिल्लामा एमाले छाडेर एकिकृत समाजवादीमा खुलेका कारण पुरानो संरचनामा ब्युँताउन असहज नहुने बताईएको छ । बैठकले माओवादी केन्द्रसँग एकता पश्चात माओवादीमा नफर्केका नेताहरुलाई यथास्थानको पद दिने समेत निर्णय भएको स्रोतले दाबी गरेको छ ।

  बैठकमा सर्वोचचको आदेशबाट एमाले र माओवादी केन्द्र ब्युतिएपछि माओवादी केन्द्र नफर्केर एमालेमै रहेका नेता टोपबहादुर रायमाझी, नेपालपक्षमा सक्रियरुपमा लागेर एकिकृत समाजवादीमा नगएका ठाकुर गैरे लगायतका नेताहरुको सहभागीता रहेको थियो ।

१ वर्दियाः
लाल वहादुर श्रेष्ठ, अध्यक्ष
शालिकराम अधिकारी, उपाध्यक्ष
पदम ढकाल, सचिव
नुतन चौधरी, उपसचिव
२ वाँकेः
निरक गुरुङ, अध्यक्ष
किस्मत कक्षपती, उपाध्यक्ष
रत्न खत्री, सचिव
प्रमोद धिताल, उपसचिव
३ दाङ
टिकाराम खडका, अध्यक्ष
हुकम वस्नेत, उपाध्यक्ष
मनोहर वुढाथोकी, सचिव
कृष्ण भुषाल, उपसचिव
४ रोल्पा
वालाराम वुढा, अध्यक्ष
विजय घर्ती, उपाध्यक्ष
निमप्रसाद रोका, सचिव
राजेन्द्र वुढाथोकी, उपसचिव
५ रुकुम पूर्व
टोपवहादुर वली, अध्यक्ष
रुजिधन घर्तिमगर, उपाध्यक्ष
लिलामणि गौतम्, सचिव
तेजेन्द्र वुढामगर, उपसचिव
६ प्युठान
तुलसी शर्मा, अध्यक्ष
हुकुम खडका, उपाध्यक्ष
मोहन जिसी, सचिव
उपसचिव इञ्चार्जको प्रस्तावमा कमिटीले चयन गर्ने ।
७ अर्घाखाँची
चेतनारायण आचार्य, अध्यक्ष
जिवनारायण कोइराला, उपाध्यक्ष
तोजवहादुर रायमाझी, सचिव
प्रेम गैरे, उपसचिव
८ गुल्मी
मधुकृष्ण पंत, अध्यक्ष
वालसिं काउछा, उपाध्यक्ष
सोमप्रसाद सापकोटा, सचिव
धर्म विक, उपसचिव
९पाल्पा
नारायण आचार्य, अध्यक्ष
मोहन थापा, उपाध्यक्ष
ओजवहादुर घर्ति, सचिव
कमल पाण्डे, उपसचिव
१० कपिल वस्तु
झविलाल पोखरेल, अध्यक्ष
वावुराम खनाल, उपाध्यक्ष
वावुराम आचार्य, सचिव
विश्राम चौधरी, उपसचिव
११ नवलपरासी
तुलसी पासी, अध्यक्ष
डोलराज भण्डारी, उपाध्यक्ष
थानप्रसाद गैरे, सचिव
राजन आचार्य, उपसचिव
रुपन्देही
शिवराज सुवेदी, अध्यक्ष
पुरुशोत्तम घिमिरे, उपाध्यक्ष
जागेश्वरी चौधरी, सचिव
गोपाल राना, उपसचिव
प्रकाशित मितिः     २३ भाद्र २०७८, बुधबार ०६:५९  |