प्रतिपक्ष सांसद मर्यादापालकको ‘कब्जा’मा राखेर सदन सन्चालन


नेपालगन्ज । संसदमा प्रतिपक्षलाई महत्व दिइने आमबुझाई अब भने गलत सावित भएको छ । सभामुख अग्नीप्रसाद सापकोटाले संसद बैठक सन्चालनमा प्रतिपक्षलाई बिश्वासमा नलिदा संसद भिडन्तको केन्द्र बन्न पुगेको छ ।

उनले प्रतिपक्षलाई पेलेरै सदन सन्चालन गरेका छन् । ठुलो संख्या मर्यादापालक परिचालन गरी पतिपक्षका सांसदलाई घेराबन्दी गरियो भने सदन सन्चालन गरियो । सापकोटाले प्रतिनिधिसभाको शुक्रवार दोस्रो बैठकमा सत्तारुण दलको नेता र नेतृत्वको आदेश पालक बनेको प्रष्ट पारेका छन् ।

सभामुख सापकोटाले आजको बैठकमा संसदको सवैभन्दा ठूलो र प्रमुख प्रतिपक्षी दल एमाले सांसदहरुको नारावाजीबीच बैठक संचालन मात्र गरेनन् । बैठकमा सभामुख सापकोटाले नेमकिपा सांसद प्रेम सुवाललाई आर्थिक अध्यादेश २०७८ फिर्ताका लागि प्रस्ताव गर्न अनुमति दिँदा सुवालले प्रस्ताव पेश गर्ने बातावरण नभएको र प्रमुख प्रतिपक्षको नारावाजी रहेकोले बातावरण बनाएपछि पेश गर्ने बताए ।

तर सभामुखले सुवालले प्रस्ताव फिर्ता लिएको बताए । सभामुखको सो भनाईको सुवालले कडा प्रतिवाद गरे । तर सभामुख सापकोटाले पेले, नैतिकता भुले ।

सभामुख सापकोटाले आजकै बैठकमा राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ फिर्ता लिनका लागि सांसद प्रेमसुवालले राख्नुभएको प्रस्ताव बारे बोल्नका लागि कुनै समय नै तोकेनन् । सुवालले प्रस्ताव राख्नका लागि बाताबरण नभएको बताएसँगै सभामुख सापकोटाले आफैले नतोकेको समयसमेत तोकेको उर्दी जारी गरी माइक काट्ने काम गरे । अवरोधकै बीच अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका छन् ।

अध्यादेश बजेट ०७८ लाई प्रतिस्थापन गर्ने विधेयक प्रस्तुत गर्दै मन्त्री शर्माले सरकारका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट विनियोजन गरेको बताए । बजेटमा आन्तरिक ऋण ३७ अर्ब घटाइएको छ भने चालु तर्फको खर्च १० प्रतिशत कटौती गरिएको छ।संसद चलिरहँदा प्रमुख प्रतिपक्षी दलका सांसदहरुले भने नारावाजी गर्दै विरोध जना​​​​​​​ एका थिए । एमालेको विरोधका बाबजुत सभामुखले संसद चलाएका थिए ।

एमाले सांसदको रुखो बोली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद रेखा झाले सभामुख अग्निप्रसाद सापकोटालाई माइकले हिर्काउन खोजेको स्वीकार गरेकी छिन् ।

शुक्रबार बसेको संसद बैठकमा उनले गृहमन्त्री बालकृष्ण खाँणका अघि रहेको माइक तानेकी थिइन् । सभामुख सापकोटाले संवैधानिक मर्यादा बिर्सिएर सदन चलाएकाले आफूले प्रहार गर्न खोजेको उनले बताइन् ।

‘सभामुखले संविधानविपरीत सदन चलाएकाले मैले हिर्काउनकै लागि माइक तानेकी हुँ,’ बैठकपछि उनले भनिन् ।

 

प्रकाशित मितिः     २५ भाद्र २०७८, शुक्रबार १७:१८  |