कर्णालीमा ठुला उद्योग किन बढ्न सकेनन् ?


नेपालगन्ज–नेपाल राष्ट्र बैंकले कर्णाली प्रदेशमा ठुला उद्योग सन्चालनका चुनौतीहरु औल्याएको छ । २०७७/७८ को प्रथम वार्षिक प्रतिवेदन (आर्थिक अध्ययन प्रतिवेदन) मा औद्योगिक विकासका लागि आवश्यक न्यूनतम पूर्वाधार, आवश्यक दक्ष जनशक्तिको अभाव, उद्योगमैत्री पूर्वाधारको विकास तथा बिपद व्यवस्थापनका चुनौतीहरु जस्ता प्रमुख अवरोधहरुले ठुला उद्योगहरुको संचालन नभएको उल्लेख छ ।

अध्ययन प्रतिवेदन अनुसार, उद्योगको क्षमता उपयोग, उत्पादन तथा प्रत्यक्ष रोजगारी  कर्णाली प्रदेशमा आ.व.२०७६/७७ मा २,६७० कम्पनी दर्ता भएका छन । यो संख्या देशमा कुल दर्ता भएका कम्पनीहरुको १.१ प्रतिशत हो । यस प्रदेशमा संचालनमा आएका साना तथा घरेलु उद्योगहरुको संख्या १७ हजार ६३ छ ।

आर्थिक वर्ष २०७७/७८ मा उद्योग क्षेत्रमा कर्णली प्रदेशको अंश ३.४२ प्रतिशत रहेको र यस प्रदेशको उद्योग क्षेत्रको कुल गार्हस्थ्य उत्पाादनमा योगदान १०.७ प्रतिशत रहेको छ । यस क्षेत्रबाट अध्ययनका लागि कुनै पनि उद्योगहरु छनौटमा नपरेका तथा साना एवम् घरेलु उद्योगहरुको संचालन एवम् उत्पादन पनि न्यून रहेको छ ।

औद्योगिक विकासका लागि आवश्यक न्यूनतम पूर्वाधार, आवश्यक दक्ष जनशक्तिको अभाव, उद्योगमैत्री पूर्वाधारको विकास तथा बिपद व्यवस्थापनका चुनौतीहरु जस्ता प्रमुख अवरोधहरुले ठुला उद्योगहरुको संचालन नभएको देखिन्छ ।

क्षेत्रगत औद्योगिक कर्जा


समीक्षा अवधिमा विद्युत, ग्याँस तथा पानी सम्बन्धी उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी ६२.२४ प्रतिशतले वृद्धि भएको छ भने सबैभन्दा कम कृषि, वन तथा पेय पदार्थ उत्पादन सम्बन्धी उद्योेगमा १.०४ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, खानी सम्बन्धी उद्योगमा प्रवाह भएको कर्जा ५२.४६ प्रतिशत, गैरखाद्य वस्तु उत्पादन सम्बन्धी उद्योगमा प्रवाह भएको कर्जा ३९.२२ प्रतिशत, निर्माण सम्बन्धी उद्योगमा प्रवाह भएको कर्जा १६.८१ प्रतिशत र धातुका उत्पादन, मेसिनरी तथा ईलेक्ट्रोनिक सम्बन्धी उद्योगमा ९.६९ प्रतिशतले बढेको छ ।

औद्योगिक क्षेत्रका चुनौती र सम्भावना

चुनौती
– कृषिसँग सम्बन्धित कच्चा पदार्थमा आधारित खाद्य तथा गैर खाद्य उद्योगहरु, लघु घरेलु
उद्योगहरु, वनपैदावार उत्पादन प्रवद्र्धन तथा व्यवस्थापन गर्ने उद्योगहरु स्थापना गर्नु ।
– प्रदेशमा रहेको कुल जनशक्तिको अधिक हिस्सा अदक्ष जनशक्ति रहेकाले दक्ष तथा प्राविधिक
जनशक्तिको विकास गर्दै उद्योगहरुको प्रर्बद्धन तथा विकास गर्दै जानु ।
– यातायात, विद्युत, सञ्चार तथा मोटर बाटोको पहुँच कम भएका उद्योगहरुलाई पूर्ण क्षमतामा
सञ्चालन गर्दै औद्योगिक क्षेत्रको उत्पादन बढाउँदै जानु ।
– औद्योगिक क्षेत्रको स्थापना गरी बिभिन्न प्रकारका उधोगहरुको प्रवद्र्धन, व्यवस्थापन तथा
संचालनको व्यवस्था गर्नु ।
– उत्पादित वस्तुको लागत तथा गुणस्तर व्यवस्थापन गर्दै आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न सक्ने
बनाउनु ।
– उद्यमशीलताको विकास गरी भारत तथा अन्य मुलुकमा रोजगारीका लागि जाने युवाहरुलाई टिकाईराख्नु ।
– प्रदेशका उद्योगबाट उत्पादन भएका उत्पादित वस्तुहरुको बजारीकरण गर्दै उद्योग क्षेत्रलाई प्रोत्साहन गर्ने सकारात्मक वातावरण सिर्जना गर्नु ।
– उद्योग क्षेत्रमा प्रत्यक्ष विदेशी लगानी आकर्षण गर्नु ।

सम्भावना
– उद्योगको विकास र विस्तार गरी रोजगारीको अवसर वृद्धि गर्न सकिने सम्भावना रहेको ।
– कृषि, उद्योग र सेवा क्षेत्रको पूर्वाधार विकास भइनसकेको यस प्रदेशमा कृषि र सेवा क्षेत्रसँग सम्बन्धित उद्योगहरु (साना तथा मझौला समेत) सञ्चालन गर्न सकिने सम्भावना उच्च रहेको ।
– वैदेशिक रोजगारीबाट फर्र्किएका कामदारहरुको सीप र दक्षतालाई परिचालन गर्न प्राविधिक तथा
व्यवसायिक शिक्षा तालिम केन्द्र र प्राविधिक प्रशिक्षण प्रतिष्ठानको समन्वयमा दक्ष तथा प्राविधिक जनशक्ति उत्पादन गर्न सकिने ।
– आवश्यक भौतिक पूर्वाधार (बाटो, सञ्चार, विजुली) निर्माणको विस्तार भएमा उपलब्ध श्रम तथा औधोगिक कच्चा पदार्थ (जडीबुटी, अल्लो जस्ता) पर्याप्त मात्रामा उपलब्ध भएकोले उद्योगहरु स्थापनाको सम्भावना उच्च रहेको ।
– सहुलियतपूर्ण कर्जा सदुपयोग गरी साना तथा मझौला उद्योगहरु (क्ःभ्)को लागत कम गर्दै प्रतिस्पर्धात्मक क्षमतामा अभिवृद्धि गर्न सकिने सम्भावना रहेको ।

प्रकाशित मितिः     २५ भाद्र २०७८, शुक्रबार १५:२१  |
error: Content is protected !!