नेपालगन्ज – आर्थिक गतिविधि अधिक भएको प्रदेशका रुपमा रहेको लुम्बिनीमा बैंक तथा वित्तीय संस्थाको बाक्लो उपस्थिती रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार, वित्तीय संस्थाको संख्या बागमती पछि दोस्रो हो ।
लुम्बिनी प्रदेशमा २०७८ असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको शाखा संख्या ७२६ वटा, विकास बैंकका २२७ वटा, वित कम्पनीहरुका ३५ वटा र लघुवित वितीय संस्थाहरुका १०८५ वटा शाखाहरु संचालनमा रहेका छन् ।
सात वटा प्रदेशहरु मध्ये वाणिज्य बैंकहरुको शाखा संख्याको हिसावले लुम्बिनी प्रदेश तेस्रो स्थानमा, विकास बैंक र वित कम्पनीका शाखाहरुको हिसाबले दोस्रो स्थानमा र लघुवित वितीय संस्थाहरुको शाखाको हिसाबले पहिलो स्थानमा रहेको छ । चार वटै किसिमका वितीय संस्थाहरुको कुल शाखा संख्याको हिसाबले लुम्बिनी प्रदेशको स्थान बागमति प्रदेश पछि दोस्रो स्थानमा रहेको छ ।
देश भरि कुल संचालनमा रहेका बैंक तथा वितीय संस्थाहरुको शाखाहरु मध्ये १९ प्रतिशत शाखाहरु लुम्बिनी प्रदेशमा रहेका छन् । यसरी तुलनात्मक रुपमा बागमती प्रदेश पछि वित्तीय संस्थाहरुको उपस्थिति बाक्लो रहेको प्रदेशमा लुम्बिनी प्रदेश पर्दछ । आर्थिक गतिविधि अत्याधिक हुने ठाउँहरुमा बैंक तथा वित्तीय संस्थाको बाक्लो उपस्थिती हुने गरेको छ । लुम्बिनीको रुपन्देही, नेपालगन्ज र दांग जिल्लामा सबैभन्दा धैरै उद्योग एवं वित्तीय कारोबार हुने गरेको छ ।
तालिका ३: प्रदेश अनुसार वितीय संस्थाहरुको शाखा संख्याको स्थिति ( २०७८ असार मसान्त)
स्रोतः नेपाल राष्ट्र बैंक, मासिक तथ्याङ्क, असार २०७८