हवाई उडानपछि पोखराबाट नेपालगन्ज आउन थाले पर्यटक


नेपालगन्ज – बुद्ध एयरले नेपालगन्ज -पोखरा उडान शुरु गरेसंगै पर्यटन भित्रिने क्रम बढेको छ ।

नेपालगन्जदेखि पोखरा र पोखरादेखि नेपालगन्ज हुँदै अन्यत्र घुम्न जाने पर्यटकको संख्या बढेको व्यवसायीहरु बताउँछन् । स्थलमार्ग भन्दा हवाईमार्गबाट आउने अवसर पाएका पर्यटकहरु खुसी छन् ।

पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनपोखरा कार्यसमितिका पदाधिकारी नेपालगन्ज हुँदै रारा घुम्न निस्किएका छन् । मध्य तथा सुदुर पश्चिम अटो मोबाईल्स एसोसिएसन नेपाल नेपालगन्जले उनीहरुलाई बिमानस्थलमा स्वागत थरेको सचिव प्रकाश अधिकारी बताउँछन् ।
साउन १८ गतेबाट बुद्ध एयरले शुरु गरेको नेपालगन्ज–पोखरा उडान दैनिक भइरहेको छ ।

आउने जाने पर्यटक एवं अन्य यात्रुको संख्या बढेसंगै बुद्ध एयर उत्साहित छ । नेपालगन्ज पोखरा घुमघाम सहित अन्य कामका लागि समेत उडान प्रभावकारी सावित भएको छ ।

पर्यटन प्रर्बद्धन मन्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले नेपालगन्जलाई पर्यटनक्षेत्रको हब बनाउन यो उडान कोशेढुङ्गे सावित हुने बताए ।

पर्यटन प्रर्बद्धनका सक्रिय नाटा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले उडानलाई दिगो बनाउन सबैको सहयोग आवश्यक रहेको बताए । सिग्देलले दैनिक उडानले उत्साह थपिएको बताउँछन् ।

बुद्ध एयरले उडानसंगै टुर प्याकेज समेत सार्वजनिक गरेको हो । पहिलो चरणमा सातामा ३ उडान सुरु गर्न लागिएको वुद्ध एयर नेपालगञ्जका प्रबन्धक विनित शाहले जानकारी दिए ।

नेपालगञ्ज–पोखरा उडानको एकतर्फी भाँडा, न्यूनतम चार हजार ९३५, मध्यम पाँच हजार ५३५ र अधिकतम पाँच हजार ९३५ भाँडा तीन किसिमको छ । यात्रुहरुको चापका आधारमा निकट भविष्यमा दैनिक पनि हवाई उडान हुन सक्ने वुद्ध एयरले जनाएको छ ।

भारतीय पर्यटकलाई लक्षित गरी नेपालगञ्ज–पोखरा हवाई उडान सुरु गरिएको छ ।

यसअघि दोश्रोपटक निषेधाज्ञा सुरु हुनुभन्दा पहिले नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्सी बाँकेले सीता एयरसँग समन्वयमा जहाज लिएर चार्टड उडान गर्दै आएको थियो ।

नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्सी बाँके शाखाले गण्डकी शाखाको सहकार्यमा सुरुवातमा चार्टड उडान सुरु भएकोमा अबदेखि नियमित उडान सुरु हुन लागेको हो ।
नेपालगञ्ज–पोखरा उडान नियमित भएपछि भारतीय पर्यटक नेपालगञ्ज हुँदै पोखरा सम्म जान सहज हुने नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्सी बाँकेका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए ।

नेपालगञ्ज नजिक भारतको ठुलो शहर लखनउ पर्दछ । भारतीय राजधानी नयाँ दिल्लीका पर्यटकका लागि समेत पोखरा पुग्न नेपालगञ्जबाट सहज हुन्छ, नाट्टा बाँकेका अध्यक्ष सिग्देलले भने,– यसबाट नेपालगञ्जको आर्थिक विकासमा समेत सहयोग पुग्नेछ ।
बुद्ध एयरले सार्वजनिक गरेको टुर प्याकेजमा बर्दियामा पोखराबाट आउनेका लागि २ दिन ३ राहतको योजना छ । योजना रु १० हजार ९ सय ९९ बाट शुरु हुन्छ । त्यस्तै नेपालगन्जबाट पोखराका लागि पनि त्यस्तै योजना रु १३ हजर ४ सय ९९ बाट शुरु भएको छ ।

प्रकाशित मितिः     २ आश्विन २०७८, शनिबार १५:५६  |