फुर्तिला ओली, उत्साहित कार्यकर्ता


नेपालगन्ज– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक जिवनमा एकसाथ दुईवटा घटना व्यहोर्नुपर्यो । एउटा अदालतको आदेशबाट सत्ताच्यूत हुनुपर््यो भने अर्को एमाले विभाजन खेप्नुपर्यो ।

दुबै घटना व्यहोरेका ओली यतिबेला पार्टीको सभाहरुमा सहभागि हुन देश दौडाहमा छन् । दुईपटक मृगौला फेरेका ओलीले भ्याइरहेको दौडाह देखेर कयौं अचम्म मान्छन् ।

अदालतले सत्ताच्यूत गरे पनि जनादेशबाट फेरी सिंह दरवार प्रवेश गर्ने उद्घोष गरेका ओली जहाँ जहाँ जान्छन् त्यहाँ कार्यकर्ताको भिड लाग्छन् । उनको भाषण सुन्नेहरु ओली कति आत्मबिश्वास छन् भन्ने भेउ पाउँछन् । उनका बोली सुनेर कार्यकर्ताहरु पनि उत्साहित भएर फर्किने गरेको बताउँछन् एमालेका नेताहरु ।

ओली लामो समयको अन्तराल पछि बाँके र बर्दियाको जिल्लास्तरीय कार्यकर्ता भेलामा बुधवार सहभागि भए । दुबै सभामा कार्यकर्ताको उल्लेखिय सहभागिता रहेको एमालेका केन्द्रीय सदस्य मोहमद हारुन बताउँछन् । एमाले परित्याग गरेका नेता बामदेव गौतमको गृहजिल्लामा अध्यक्ष ओली पुगे ।


विगतमा बामदेवलाई मत माग्न पुगेका ओलीलाई यसपटक पनि हजारौं नेता कार्यकर्ताले स्वागत गरे । बामदेव अभावको आभास हुन नदिएको सहभागी नेताहरुको भनाइ छ ।

अध्यक्ष ओलीसँगै लुम्बिनी प्रदेशका इन्चार्ज शंकर पोखरेल पनि संगै छन् । ओली भाषण सुन्न आएका नेता कार्यकर्ताका कारण दुबै ठाउँका हलहरु खचाखच भरिए । नेपालगन्जमा सिद्धार्थ भ्यूको हल सबैभन्दा ठूलो मानिन्छ ।

त्यही हलभित्र पनि खचाखच कार्यकर्ता भरिएपछि बाहिर दुईवटा ठाउँमा एलसिडी लगाएर नेता कार्यकर्तालाई कार्यक्रम देखाइएको थियो । एमाले बाँकेका सचिव रत्न खत्रीका अनुसार, कार्यक्रममा अगुवा कार्यकर्ताहरुलाई मात्र बोलाइएको थियो । तर पनि भिड थाम्नै मुस्किल भएको उनले बताए ।

प्रकाशित मितिः     ६ आश्विन २०७८, बुधबार १६:०३  |
error: Content is protected !!