पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई गुल्मीको कफी ‘टेष्ट’


नेपालगन्ज–पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली बुधवार बाँके र बर्दियाका कार्यकर्ता भेटघाटमा व्यस्त रहे । बर्दियाको भेला सकिना साथ उनी नेपालगन्ज आए ।

कार्यक्रम थियो–सिद्धार्थ भ्यूमा । हलभित्र प्रवेश गर्नु अघि उनले केहीबेर होटलमा बिश्राम लिए । सोही क्रममा सिद्धार्थ बिजनेश ग्रुपका प्रबन्धक केशव न्यौपाने सहितले पूर्वप्रधानमन्त्री ओलीलाई स्वागत गरे । पूर्वप्रधानमन्त्री ओलीले पनि सौहार्दरुपमा भलाकुसारी गर्न भ्याए । उनले होटल कहाँ कहाँ छन् देखि कस्तो चलिरहेको छ भन्नेसम्मको जिज्ञासा राखे ।

सोही क्रममा उनलाई होटलको तर्फबाट गुुल्मीमा उत्पादन भएको कफीको स्वाद पस्कियो । ‘गुल्मीको कफी’ भन्दै पस्किएपछि उनले जिज्ञासा राखे । ‘गुल्मीको कुन ठाउँमा पाइन्छ ? हाम्रो प्रदिप ज्ञवाली कामरेडको घरदेखि कति टाडा भनेर चासो राख्नुभयो ।’–उक्त भेटघाटका विषयमा बताउँदै सिद्धार्थ बिजनेश ग्रुपका क्षेत्रीय प्रबन्धक केशव न्यौपानले । कफी उत्पादन हुने ठाउँ र एमाले नेता प्रदिप ज्ञवालीको घर नजिकै पर्छ ।

उनका अनुसार उत्पादन र वितरणको अवस्थामा बारेमा पूर्वप्रधानमन्त्री ओलीले जानकारी लिएका थिए । गुल्मीको कफी चुस्की लिएसंगै ओली कार्यकर्तालाई सम्बोधन गर्न हलतिर लागे ।


पूर्वप्रधानमन्त्री ओली चासो राखेको गुल्मीको कफी नयाँ भने होइन । सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले आफ्नो ‘एस–क्याफे’ को हरेक ‘आउटलेट’ बाट स्वदेशमा उत्पादन भएको ‘फ्रेस अर्गानिक कफी’ को स्वाद पस्किरहेको छ । त्यसका लागि उक्त समूहले गुल्मी लगायतका पहाडी जिल्लामा अर्गानिक कफी खेती गरिरहेको छ ।

‘गाउँमा कफीको खेती र शहरमा क्याफे’ क्याफे खोल्दाको हाम्रो भिजन यही थियो,’ सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटाका सिइओ कृष्ण न्यौपानेले भने, ‘गाउँका बाँझो जमिनमा त्यहाँका कृषकलाई कफी उत्पादनका लागि प्रोत्साहन गर्ने र त्यसरी उत्पादन भएका कफीको बजारीकरणमा समस्या नहोस् भन्नका लागि क्याफे चलाउने कुरा अत्यावश्यक थियो ।’


सिद्धार्थ ग्रुपले गुल्मीमा आफैले उत्पादन गरेको कफीको स्वाद चखाउन ‘एस–क्याफे’ का ‘आउटलेट’ देशका प्रमुख शहरमा बिस्तार गरिरहेको छ । ‘हस्पिटालिटी फ्रम द हार्ट’ भन्ने भावनालाई आत्मसाथ गर्दै आएको उक्त ग्रुपले दुई दशकको अबधिमा हाल देशका प्रमुख शहरमा तारे होटल, रेष्टुरेन्ट, रिसोर्ट, हस्पिटालिटी इन्स्टिच्युट, टे««ड बिजनेश बिस्तार गरेको छ ।

सिद्धार्थ ग्रुपको धेरै सफल बिधा मध्ये ‘एस–क्याफे’ पनि एक हो, । जसका पाँच ‘आउटलेट’ बिस्तार भइसकेका छन् । राजधानी काठमाडौंको तीनकुने, जमल, न्यूरोड, बाँकेको नेपालगन्ज र कोहलपुरमा एक–एक वटा आउटलेट विस्तार भइसकेका छन् । देशका अन्य प्रमुख शहरमा पनि छिट्टै विस्तार गर्ने योजना भएको न्यौपानेले बताए ।

आर्कषक ‘इन्टीरियर डिजाईन’ सहित संचालनमा रहेका एस–क्याफेभित्र शान्त र मनोरम वातावरणमा स्वदेशमै उत्पादन भएको ‘फ्रेस अर्गानिक कफी’ को स्वाद लिने ब्यवस्था मिलाइएको छ । ‘कफी कल्चरमा रुची नराख्नेका लागि पनि जाउँ–जाउँ लाग्ने वातावरण बनाएका छौँ,’ सिइओ न्यौपानले भने ।

प्रकाशित मितिः     ६ आश्विन २०७८, बुधबार १९:५६  |
error: Content is protected !!