एमाले एकता रोज्दा ‘टार्गेट’मा रत्न खत्री !


फाईल तस्विर : एमालेका बर्तमान अध्यक्ष निरक गुरुगं, उपाध्यक्ष किस्मत कक्षपति, प्रतिकुल अवस्थामा एमालेलाई नेतृत्व प्रदान गरेका नेता सुर्य ढकाल, पदम धितालका साथ रत्न खत्री ।

नेपालगन्ज– रत्न खत्री बाँकेको चर्चित युवा राजनीतिकर्मी हुन् । एमालेले पछिल्लो तीनवर्ष यता जे जस्ता आरोहअवरोध झेले । ठिक त्यस्तै आरोह अवरोह खत्रीले पनि झेलेका छन् ।

गुटगत राजनीतिले मलजल पाएका बेला खत्री बाँकेमा माधव नेपालको कित्तामा थिए । तर नेपालले आफ्ना केही नेता लिएर अलग्गै पार्टी बनाउँदा भने खत्रीले दश बुँदे सम्झौताको जगमा एमालेमै रहने निर्णय गरे । उनले एमालेमै रहँदा बैजनाथ लगायत बिभिन्न क्षेत्रका उनी निकट जनप्रतिनिधि र कार्यकतर्चामा एमालेमै रहने परिस्थिती बनेको छ ।

अन्तिम अवस्थासम्म खत्री आफैसंग रहने आशा गरेका थिए नेपालको पार्टीका बाँकेका नेताहरुले । तर उनीहरुले सोचे भन्दा ठिक बिपरित खत्रीले एमाले एकता रोजे । जसका कारण खत्री आलोचनाको सिकार भएको सामाजिक सन्जालमा उनी बिरुद्ध प्रकट हुने बिचारमा पुष्टि हुन्छ । अहिले उनी सचिव पद सम्हाल्दै एमालेका गतिबिधि बढाइरहेका छन् । भन्छन्–‘मैले आन्तरिक सर्घष गरे तर विभाजनको कुरा गरिन । त्यसैले हिजो पनि एमाले आज पनि एमाले ।’

आफुले विभाजनको पक्षमा कहिल्यै काम नगरेको उनी बताउँछन् । दश बुदे सम्झौतासंगै विभाजनको औचित्य पनि समाप्त भएको खत्रीको तर्क छ । ‘मेरो बारेमा कस्ले के भन्छ त्यसको औचित्य छैन । मुख्य कुरा मैले लिएको बाटो सही छ वा छैन भन्ने हो । पार्टी भित्रको अन्तरसंघर्षमा लाग्नुको अर्थ पार्टीलाई ध्वस्त बनाउनु त होइन होला नी ?’–खत्रीले भने ।

२०४९ सालमा विद्यालयमा अध्ययनरत भईरहेको बेलामा अनेरास्ववियुमा क्रियाशिल खत्री अखिलको प्रारम्भिक कमिटिबाट देशको सबैभन्दा ठूलो विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रिय प्रचार विभाग प्रमुख भएर काम गरिसकेका छन् । स्वतन्त्र विद्यार्थी युनियन म.ब. क्याम्पसको स्ववियु सभापतीको रुपमा निर्वाचित खत्री प्रष्ट वक्ताका रुपमा परिचित छन् । ०६१ को शाहि घोषणाको विरुद्धमा देश मै पहिलो पटक विगुल नामक पत्रिका प्रकाशन तथा पर्चा वितरण गरी बाँकेमा निरंकुशताका विरुद्धको आन्दोलनमा होमिएका खत्रीसंग आन्दोलनका क्रममा जेलनेल भोगेको अनुभव समेत रहेको छ ।

विद्यार्थी राजनीतिबाट पार्टि राजनीतिमा होमिएका खत्री एमालेको जिल्ला कमिटि सदस्य तथा जिल्ला उपसचिवका रुपमा कार्यकाल सफलताका साथ पुरा गरेर हाल सचिवको रुपमा कार्यरत छन् । खत्री बाँकेमा पार्टि कार्यकर्ताहरुसंग निकट सम्वन्धमा रहि जनताको पिरमर्कामा सधैं सहभागी भईरहने अनुहार हो ।

संगठनलाई जुझारु वनाउने र कार्यकर्ता संरक्षणका लागि निरन्तर लागिरहने खत्री बताउँछन् । ठूलो भन्दा असल राजनीतिकर्मी बन्ने अठोट लिएको बताउने खत्री नेकपा (एमाले)लाई बाँकेका जनताको मुटुको ढुकढकी बनाउदै समुन्नत समाज निर्माणको अभियानमा आफु निरन्तर होमिरहने प्रतिवद्धता व्यक्त गर्छन् ।

प्रकाशित मितिः     ७ आश्विन २०७८, बिहीबार १७:०२  |