‘राजश्व चुहावटमा लेखापरीक्षकदेखि भन्सार एजेन्टसम्म मतियार’


नेपालगन्ज – भन्सार विभागले राजश्व चुहावट कार्यमा लेखापरीक्षकदेखि भन्सार एजेन्टसम्मले मतियारको भूमिका खेलेको निष्कर्ष निकालेको छ ।

विभागका अनुसार, राजश्व चुहावट गर्ने गराउने कार्यमा लेखापरीक्षक, कर सहयोगी, भन्सार एजेन्ट समेत प्रत्यक्षरुपमा संलग्न हुने, मतियारी गर्ने जस्ता पेशागत मर्यादा विपरीत समेत क्रियाकलाप हुने गरेको छ ।

भन्सार विभागले साउन–असोज २०७८ को राजश्व बुलेटिन प्रकाशित गरेको छ । उक्त बुलेटिनमा राजश्व चुहावटका प्रवत्ति शिर्षकमा लेखापरीक्षकदेखि भन्सार एजेन्टसम्मको विषयमा उल्लेख छ ।

 

प्रकाशित मितिः     ८ आश्विन २०७८, शुक्रबार ०८:०२  |