नेपालगन्जमा दशै मेला,महिलाले उत्पादन गरेका यस्ता सामग्री किन्न पाइने



नेपालगन्ज : महिला उद्यमी संघ बाँकेले नेपालगन्जमा सोमबारबाट तीन दिने दसै मेलासञ्चालनमा ल्याएको छ । नेपालगन्जको सुर्खेतरोडमा रहेको कोशेली घरमा दसै मेला सञ्चालनमा आएको हो । उक्त मेलाको कार्यक्रमका प्रमुख अतिथी एवम् नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवलसम्शेर राणाले उद्घाटन गरे । सो क्रममा नगर प्रमुख राणा, उप–प्रमुख उमा थापामगर लगायत अतिथीले मेला अवलोकन गर्दै महिला उद्यमलाई प्रोत्साहित गरेका थिए ।
मेलामा बाँकेका महिला उद्यमीले उत्पादन गरेका घरेलु सामाग्रीहरु प्रर्दशनीका लागि राखिएको छ । महिलाको उत्पादनलाई प्रोत्साहन गर्नका लागि दसै मेला आयोजना गरिएको संघका अध्यक्ष निरुपमा रस्तोगीले जानकारी दिईन् । संघका द्धितिय उपाध्यक्ष रेवती सिंहले स्वागत गरेको मेला उद्घाटन कार्यक्रमको सञ्चालन महासचिव सुनिता पाण्डेले गरेकी थिइन् । सो अवसरमा संघका प्रथम उपाध्यक्ष सावित्री बस्नेत, कार्यसमिति पदाधिकारी, महिला उद्यमी लगायतको उपस्थिती रहेको थियो ।


 

प्रकाशित मितिः     १८ आश्विन २०७८, सोमबार १९:३३  |
error: Content is protected !!