प्राध्यापक डा. जनार्दन आचार्यको पुस्तक ‘मेरो आदर्श, मेरो विश्वास’ विमाेचन


नेपालगन्ज : राजनीतिशास्त्रका प्राध्यापक डा. जनार्दन आचार्यले राजनीति, प्राध्यापन र कुटनीतिमा रहेको आफ्नो लामो अनुभव समेटेर लेखेको संस्मरणात्मक पुस्तक ‘मेरो आदर्श, मेरो विश्वास’ को मंगलबार विमोचन गरिएको छ ।

उक्त पुस्तकको कार्यक्रमका प्रमुख अतिथी एवम् प्राध्यापक गोविन्द प्रसाद घिमिरे, विशिष्ट अतिथी तथा नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेल र लेखक डा. आचार्यले संयुक्त रूपमा विमोचन गरेका हुन् । उक्त पुस्तक क्रियटिभ बुक्सले प्रकाशन गरेको हो ।

सो क्रममा बोल्दै लेखक आचार्यले आफ्नो जीवनका भोगाई, अनुभुती सुनाएका थिए । पुस्तकमा पञ्चायतकालदेखि बहुदलीय प्रजातन्त्र हुँदै गणतान्त्रिक लोकतन्त्रसम्मको नेपाली राजनीतिका घटनाक्रमलाई मसिनोसँग उनलेे विश्लेषण गरेका छन् । उनी स्वयंम् वामपन्थी राजनीतिमा आबद्ध रहेकाले पनि घटनाक्रमलाई नजिकबाट देखेका छन् ।

नेपाली राजनीतिको दुई धारका नायक वीपी कोइराला र पुष्पलाल श्रेष्ठसँगका संस्मरण, उनीहरुको आचरण र व्यवहारलाई प्राध्यापक आचार्यले पुस्तकमा उतारेका छन् ।विमोचन कार्यक्रममा विभिन्न क्षेत्रका बौद्धिक व्यक्तित्वको उपस्थिति रहेको छ । कार्यक्रममा महाससंघका अध्यक्ष पोखरेल लगायतले शुभकामना मन्तव्य दिएका छन  ।

प्रकाशित मितिः     १९ आश्विन २०७८, मंगलवार १७:२३  |