अथक खेलकुदमन्त्री


फाईल फाेटाे

नेपालगन्ज- बाके निर्वाचित क्षेत्र नम्बर १ बाट निर्वाचित महेश्वर गहतराज ‘अथक’ युवा तथा खेलकुदमन्त्री नियुक्त भएका छन् । अथककाे राजनीतिक यात्रा यस्तो छ –

 

संसद सकिना साथ गाउँ फर्किन्छन् । आउँदै छु भनेर सामाजिक सन्जालमा लेख्छन् ।

गाउँ आउँदा के के काम गर्ने ? पहिल्यै सूची तयार हुन्छ । कस्लाई भेट्नु छ ? कहाँका जनताको समस्या सुन्नुपर्ने छ ? सूचीमा हुन्छ । समयको उपयोग गर्न माहिर उनी निर्वाचन क्षेत्र आउँदा के गर्नुपर्ने हो भनेर पहिल्यै सुची बनाउन लगाइहाल्छन् । उनी आवद्ध पार्टी माओवादीको आन्तरिक गतिविधिदेखि अन्य औपचारिक अनौपचारिक कार्यक्रममा सहभागिता हुने त छदैछ ।

निर्वाचनक्षेत्र आउँनासाथ शुरु हुन्छ उनको दौडधुप । केही दिन निर्वाचनक्षेत्रमा सक्रिय भएपछि संसद शुरु हुनासाथ फेरी काठमाण्डौं फर्किन्छन् । संसदमा पनि उनी उत्तिकै सक्रियतापूर्वक सहभागिता जनाउँछन् ।

निर्वाचन जितेपछि गाउँ फर्किदैनन् भन्ने आरोप लाग्छन् जनप्रतिनिधिलाई । गाउँ नै फर्किएपनि कतिपयले संसदमा बोल्दैनन् । संसदमा आफ्नो क्षेत्रका सांसदको उपस्थिती नदेख्ने मतदाता पनि छन् । तर यस्ता आरोप खेप्ने माननीय भन्दा भिन्न छन् अथक । उनी संसददेखि गाउँघरसम्मको दौडधुपमा कहिल्यै थाक्दैनन् अर्थात निरन्तर काममा खटिन्छन् ।

नाम जस्तै कहिल्यै नथाक्ने माननीयका रुपमा स्थापित छन् । अथकको निर्वाचन क्षेत्रको राप्तीपारी बिकट मानिन्छ । बिजुली जस्ता पूर्वाधार निर्माणमा उनले निरन्तर दौडधुप गरे । केन्द्रदेखि जिल्ला तहसम्मको दौडधुपको परिणाम बिजुली बलेको छ । त्यसमा उनी निकै ठुलो संघर्ष नै गर्नुपरेको थियो ।

आफ्नो निर्वाचन क्षेत्रमा मात्र होइन समग्र बाँके जिल्लाको विकासमा उनले सक्रिय भूमिका निर्वाह गरिरहेका छन् । अथक भन्छन् -गाउँमा आउँदा गाउँका जनताको कुरा सुन्छु, संसदमा यिनै जनताको कुरा राख्छु । संसद सकिना साथ गाउँ फर्किएर यहाँका जनतासंग भलाकुसारी गर्न पाउँदा निकै खुसी लाग्छ ।

उनी माओवादीका पुराना नेता हुन् । माओवादी जनयुद्धको सुरुवातमा ०५२ साल फागुन १ गते राति भएका चार आक्रमणमध्ये एउटामा गहतराज संलग्न थिए । उनको नेतृत्वमा रुकुमको राडीज्युला प्रहरी चौकीमा आक्रमण भएको थियो । त्यसपछि उनले कैयन आक्रमणमा मोर्चा सम्हालेका छन् ।

दलित समुदायका नेता भएपनि उनी आफूलाई कुनै जातीविशेषको प्रतिनिधि मान्दैनन् । यद्यपि, देशमा बिद्यमान जातीय लगायत अन्य विभेद बिरुद्ध उनको लडाई जारी छ ।

अथक  तत्कालीन मोटो मशालको भातृ संगठन अनेरास्ववियुमा संगठित भए । त्यसको नेतृत्व थियो प्रचण्डको हातमा । ०४५ सालमा अनेरास्ववियुको जिल्ला कोषाध्यक्ष भएँ । ०४६ सालमा चितवनमा राष्ट्रिय भेला भएको थियो । भेलामा भाग लिन आउँदा पहिलोपटक गाडी चढेँ । रुकुमबाट हिँड्दै दाङसम्म र दाङदेखि चितवनसम्म गाडीमा यात्रा गरेको थिए । सो वर्ष जनआन्दोलन भयो । जनआन्दोलनमा बिद्यार्थी हकहितका नारा लगाएर तत्कालीन व्यवस्थाविरुद्ध आवाज उठाए।

आन्दोलन सफल भएपछि बहुदल घोषणा भयो । त्यसपछि कलेज पढ्न खलङ्गा आए । एसएलसी दिएपछि शिक्षक बनिहाल्न पाइन्थ्यो त्यो बेला । तर उनले जागिर होइन, राजनीतिमा लाग्छु भन्ने निधो गरे र बुबाआमालाई सम्झाए। ०४८ सालमा मुसिकोट क्याम्पसको स्ववियु सभापतिमा उठे तर, हारेँ । राष्ट्रिय जनमोर्चासँग पार्टी एकता भएपछि अखिल क्रान्तिकारी राप्ती अञ्चल समन्वय समितिको सचिव भएर काम गरे । राप्ती अञ्चलभर काम गर्ने र जान्ने बुझ्ने अवसर उनलाई मिल्यो ।

विद्यार्थी राजनीतिमा लामो समय रहेनन्। ०५१ मा काठमाडौंमा सम्पन्न अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनबाट विद्यार्थी राजनीति त्यागे । उनी जन्मिएको ठाउँमा पार्टीको झोला बोकेर हिँड्ने मान्छे थिएनन्। शिक्षकहरुले शनिबार मात्रै राजनीति गर्ने, किसानले आफ्नो अनुकुलतामा गर्ने । यो अवस्थामा पार्टीले उनलाई पूर्णकालीन भएर जिम्मेवारी सम्हाल्न भनिसकेको थियो । राप्ती अञ्चल कमिटीको मागअनुसार नेताहरुले पनि यही भनेका थिए ।

बन्द सत्रको अध्यक्ष मण्डलमा थिए । साथीहरुले उनलाई नेतृत्वमा बस्न आग्रह गरिरहेका थिए । डा. बाबुराम भट्टराई आए र, ‘हामी राजनीति छोड्दै छैनौं । थप जिम्मेवारी लिने गरी विद्यार्थी राजनीति मात्र छोड्दै छौं । यो पार्टीको आवश्यकता हो’ भने।

पार्टी जनयुद्धको अन्तिम तयारीमा थियो । पार्टीले रुकुम र रोल्पालाई प्रमुख आधार बनाएर जनयुद्ध थाल्न खोजेको अवस्थामा रामबहादुर थापा ‘वादल’ त्यहीँ अड्डा जमाएर बसेका थिए। प्रचण्ड र अरु नेताहरु गएर प्रशिक्षण दिइरहन्थे। देशभरको शक्ति केन्द्रीकरण गर्ने र जागरण पैदा गराउने अभियान चलेको थियो । जनयुद्ध थालनी गर्न जिल्लामा ३२ जनाको प्रारम्भिक टिम तयारी गरियो । त्यसमा ४ जना कमाण्डार छानियो । एउटा कमाण्डर उनी पनि भए । तत्कालीन चार कमान्डरमध्ये दुई जना गणेशमान पुन र उनी मात्रै अहिले जीवित छन्।

०५८ सालमा पार्टीले रुकुमबाट कर्णाली खटायो । हुम्ला, जुम्ला, मुगु, कालीकोट जिल्लाको इन्चार्ज भएर उनी एक वर्ष कर्णाली बसेँ । त्यसपछि तराई झरे बाँके, बर्दिया र सुर्खेत हेर्ने गरेर । पार्टीको केन्द्रिय समितिमा पनि थिए । त्यसबेला रणनीति तय गरियो, राज्य व्यवस्थालाई हाम्रा आधार क्षेत्रहरुमा जान नदिने ।

सबैभन्दा ठूलो घनत्व, राज्यको उपस्थिति त तराईमा र शहरी क्षेत्रमा थियो । तराईमा व्यापक गतिविधि चलाए। पार्टीका आधिकारिक कुराहरु बुझ्नका लागि नेपालका र अन्तर्राष्ट्रिय मिडिया समेत बाँके, बर्दिया जान्थे । उनलाई भेट्थे । सञ्चारकर्मीहरु काठमाडौंबाट नेपालगञ्ज, नेपालगञ्जबाट सोझै गाउँ गएर हामीलाई भेट्न सक्ने तारतम्य मिलाएका थिए ।

१२ बुँदे सहमति भइसकेपछि जनआन्दोलनको आधार तयार गर्नका लागि सबैभन्दा पहिले बाँकेबर्दियामा नेकपा माओवादी र स्थानीय सात राजनीतिक दलका बीचमा चारबुँदे सम्झौता भयो । त्यसबेला काठमाडौंमा जुन स्तरको आन्दोलन उठेको थियो, त्यस्तै स्तरमा बाँके(बर्दियामा भयो ।

०७० मा म बाँके क्षेत्र नम्बर १ (हाल जितेको निर्वाचन क्षेत्र) बाट उम्मेदवार बने तर, पराजित हुन पुगे । उनी भुतले खाजा खाने बेलामा चुनाव लड्न पुगे । जतिबेला पार्टी विभाजित भएको थियो र पार्टीप्रति जनतामा वितृष्णा उत्पन्न भएको थियो ।

जतिबेला जनयुद्ध लडिरहेका थिए, अहिलेको प्रक्रियाभित्र आउँछन् भन्ने थिएन । त्यसकारण उनले हिजो जे सोच राखेका थिए, त्यो यहाँ हुँदैन थियो । तर, के सोच्नुपर्ने अवस्था हो भने अहिलेको प्रणालीबाटै समृद्धि सम्भव छ ।

गरिवि, अभाव र विपन्नताबाट समाजवादरसाम्यवाद आउँदैन । समाजवाद साम्यवाद समृद्धि हासिल गरेर आउने हो । यति मात्रै फरक हो, समाजवादी व्यवस्थाले सबैलाई समृद्ध बनाउँछ । अहिले अभ्यास गरिरहेको व्यवस्थाले एउटा वर्गलाई पुराका पुरा समृद्ध बनाउँछ र अर्को वर्गको आधारभुत रुपले मात्रै हित गर्छ । यसले विभेद भएर फेरि आन्दोलनका संभावना बचाइराख्छ ।

र, अर्को कुरा हाम्रो संसद औपचारिकतामा सिमित भयो । यसको आफ्नै परम्परागत मान्यताहरु छन् । कहिलेकाँही संसदमा विधेयकहरु घुमिरहेको स्थिति देखिन्छ । त्यहाँ भएको छलफलको सिस्टमहरु हेरिन्छ । आफैँ पनि भाग लिन्छन्् ।

संसदमा उठ्ने विषयलाई कार्यपालिका, न्यायपालिकाले आत्मसात नगरेको अनुभुत हुन्छ । कसले सुनेको छ र कहिले कार्यान्वयन हुने हो भन्ने केही जानकारी हुँदैन । तर, पनि हामी पुरानो संसदीय व्यवस्थाकै धारमा भने छैनौं । यो लोकतान्त्रिक गणतन्त्रको धार हो । निर्वाचन त कम्युनिस्ट मुलुकहरुमा पनि भइहाल्छ ।

अमेरिकामा संसदीय गणतन्त्र हो, त्यहाँ प्रत्यक्ष निर्वाचित राष्ट्रपति छ । ड्याङ ड्याङ निर्णय गरेर जाने आधार हुन्छ । कम्युनिस्ट मुलुकमा पार्टीले नेतृत्व छान्छ र त्यसले पनि आफ्नै ढङ्गले निर्णय गरी जान्छ । प्रतिपक्षीको अवरोध भइराखेको हुँदैन ।

अथकले आफ्नो निर्वाचन क्षेत्रमा एउटा संस्कृति स्थापित गर्न खोजेका छन् । हरेक महिना मेरो निर्वाचन क्षेत्रमा दुई पटक अनिवार्य जान्छन्् । तीन चार चोटिसम्म पनि पुगेका हुन्छन् ।

तल नै केही गरौं भन्ने सोच राख्छन् । संसदमा गम्भिर छलफल भइराखेको बेला पनि आफ्नो निर्वाचन क्षेत्रमा आउँछन् र वुद्धिजिवी, मजदुर, व्यवसायीहरुसँग बस्छु । उनीहरुबाट सन्दर्भ सामग्री लिएर फर्किन्छ र बहसमा भाग लिन्छ ।

 

 

प्रकाशित मितिः     २० आश्विन २०७८, बुधबार १९:४७  |