लुम्बिनी सरकारकाे बजेट प्राथमिकता यस्ता छन


नेपालगन्ज- लुम्बिनी  सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री  कृष्ण ध्वज खड्काले अर्थ सम्बन्धि बिधेयक मार्फत लुम्बिनी प्रदेशसभामा आव ०७८/०७९ का लागि कुल ४० अर्ब ९५ करोड ९७ लाख को वार्षिक बजेट प्रस्तुत गर्नुभएको छ ।

जस्मा चालुतर्फ १३ अर्ब ६४ करोड ५७ लाख १० हजार (३३.३१%) र पुजिगत तर्फ २२ अर्ब ४७ करोड १५ लाख ९४ हजार(५४.८७%) र स्थानीय तह बित्त हस्तान्तरण तर्फ ४ अर्ब ८४ करोड २३ लाख ९६ हजार(११.८२%) रहेको छ । बर्तमान सरकारले प्रस्ताव गरेको बजेटमा चालुतर्फको खर्च अघिल्लो सरकारले प्रस्ताव गरेको भन्दा ४% ले कम रहेको छ ।

“समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेश ” को मुलनाराका साथ प्रस्तुत बजेटमा उल्लेख मुख्य कार्यक्रमहरु यसप्रकार छन् ।

१) लुम्बिनी प्रदेशका १८ वर्ष मुनिका बालबालिकालाई कोभिड १९ को खोपको ब्यवस्था ।
२) घरदैलोमा डाक्टर कार्यक्रम र प्रदेश भरी निशुल्क रक्त सन्चार सेवा ।
३) लुम्बिनी प्रदेशमा जेष्ठ नागरिक र महिला तथा बालबालिका अस्पताल स्थापना ।
४) क्यान्सर,मृगौला र मुटु रोगीलाई प्रदेश सरकारको तर्फबाट थप दुई लाख उपलब्ध गराउने ।
५) मुटुरोगको उपचारलाई सर्बसुलभ गराउन लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा क्याथ ल्याब सेवा बिस्तार गर्न १० करोड र एम आर आइ एवं सिटी स्क्यान सहितको स्वास्थ्य उपकरणका लागि १३ करोड बजेट ब्यबस्थापन ।
६) ७० वर्ष माथीका जेष्ठ नागरिक सङ्ग स्वास्थ्यकर्मी कार्यक्रम ।
७) प्रदेश भित्र शैक्षिक गुणस्तर र भौतिक सुधारका लागि मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम ।
८) प्युठानमा लुम्बिनी सीप विकास प्रतिष्ठान स्थापना गर्ने ।
९) गरिबी निवारणका लागि एक पालिका एक सामुहिक कम्पनी,एक कम्पनी एक सामुहिक उधम कार्यक्रम ।
१०) एक जिल्ला एक पालिका सार्बजनिक शुलभ पसल सन्चालन गर्ने ।
११) कृषि र औद्योगिक कर्जा प्रबाह गर्न तथा लुम्बिनी प्रदेशको सरकारी बित्तीय कारोबार गर्न लुम्बिनी प्रदेश बैंक स्थापना ।
१२)बिधुतिय बस सेवा सन्चालन । तत्कालका लागिभैरहवा-बुटवल,नेपालगन्ज-कोहलपुर,भालुबाङ्ग-लमही र घोराही-तुलसीपुर रुटमा सन्चालन गर्ने ।
१३) गण्डकी नदिकि त्रिबेणी-देबघाट र राप्ती नदिको खुङ्ग्री-भालुबाङ्ग र भालुबाङ्ग- अगैया खण्डमा र्याफ्टिङ्ग संचालन गर्ने ।
१४) लुम्बिनी र स्वर्गद्वारीको माटो,पानी र बस्तु प्रयोग गरि मायाको चिनो उत्पादन गर्ने सोभिनियर उधोग संचालन गर्ने ।
१५) लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा नयाँ शहर र एकीकृत बस्ती विकास गर्ने ।
१६) परम्परागत चुल्होको बिस्थापन गरि विद्युत खपत बढाउन सहुलियत दरमा विद्युतिय चुल्हो उपलब्ध गराउने ।
१७) जलविद्युत,सौर्यउर्जा र बैकल्पिक उर्जाको पर्बर्धन गरि लुम्बिनी प्रदेशलाई उज्यालो प्रदेश बनाउने ।
१८) पुर्ब पश्चिम राजमार्गको सुरइनाका,धानखोला र रिहारमा जलाशय निर्माण गरि त्यस्को बहुउपयोग गर्ने ।
१९) एक हजार बिगाहा जग्गामा पिपिपी मोडेलमा सुगन्धित धान र प्याज उत्पादन गर्न आधुनिक कृषि फर्म सन्चालन गर्ने ।
२०) कोभिड महामारी बाट प्रभावित उधोगी व्यबसायीका लागि प्रदेश करमा छुटको ब्यबस्था ।
२१) महिला,दलित,जनजाति,अल्पसंख्यक लगायत लक्षित समुहका लागि रोजगारमुलक कार्यक्रम ।
२२) कृषिजन्य उत्पादनको बजार पर्बर्धन गर्न भैरहवा,कृष्ण नगर र नेपालगन्जमा स्तरीय तरकारी बजार स्थापना गर्ने ।
२३) लुम्बिनीमा बौद्ध अन्तरास्ट्रिय बर्थिङ्ग सेन्टर स्थापना गर्ने ।
२४)बुटवलमा धागो कारखाना,कपिलवस्तुमा कागज कारखाना र कपास खेती एवं उधोगको स्थापना ।
२५)स्वर्गद्वारीमा केबलकार ,हिल स्टेसन,थिम पार्क र रुपन्देही सहित प्रदेशका १२ वटै जिल्लामा हिल स्टेसनहरु निर्माण गर्ने ।
२६) कपिलवस्तुलाई सांस्कृतिक शहरको रुपमा विकास गर्ने र प्रदेशका विभिन्न स्थानहरुमा सबै जातजातिका धर्म,भाषा,संस्कृति र पहिचान झल्किने सांस्कृतिक ग्रामहरु स्थापना गर्ने ।
२७) जनयुद्ध र जनआन्दोलनका सहिद तथा बेपत्ता एवं द्वन्द प्रभावित परिवारलाई रोजगार कार्यक्रम ।
२८) प्रदेश गौरवको आयोजनाको रुपमा प्रदेश राजधानीको ब्यबस्थापन ।
२९) लुम्बिनी विश्वबिधालय स्थापना ।
३०) डिजिटल प्रबिधि युक्त ट्रायल सेन्टर र डिजिटल सवारीचालक अनुमतिपत्रको व्यबस्था ।
३१) लुम्बिनी प्रदेशका पत्रकारहरुको पत्रकार दुर्घटना बीमा,पत्रकार महासंघ लुम्बिनीको भवन निर्माण र संस्थागत विकास ।
३२) प्रदेश परियोजना बैंक स्थापना ।
३३) राजमार्ग र सार्बजनिक स्थानहरुमा सिसिटिभी र फ्री वाइफाईको व्यबस्था ।
३४) राजस्व वृद्धि गरि आत्मनिर्भर प्रदेश स्थापना गर्न प्राकृतिक श्रोत साधनको उचित पहिचान,परिचालन,राजस्व प्रशासनमा सुधार र करका दायरामा वृद्धि गर्ने ।
३५) लुम्बिनी प्रदेशमा पुजीबजार र बीमाको पहुँच बिस्तार गर्ने ।
३६)लुम्बिनी प्रदेशलाई आकर्षक लगानी हबको रुपमा विकास गरि राष्ट्रिय अन्तरास्ट्रिय लगानी आकर्षित गर्न लगानी सम्मेलन गर्न ।
३७) तथ्यमा आधारित बैज्ञानिक योजना प्रणालीको विकास गर्न प्रदेश तथ्यांक कार्यालय स्थापना गरि योजना संकलन विश्लेषण गर्ने ।
३८) चालू प्रथम आवधिक योजनाको मध्यावधिक समिक्षा तथा मुल्यांकन गरि नयाँ योजना तर्जुमा गर्ने ।
३९) बजेट,योजना र सार्बजनिक खर्चलाई प्रभावकारी बनाई बिनियोजन कुशलता,कार्यान्वयन दक्षता र बित्तीय अनुशासन कायम गर्न मध्यमकालिन खर्चलाई विद्युतिय प्रणालीमा विकास गर्ने लगायत ।

प्रकाशित मितिः     २० आश्विन २०७८, बुधबार २०:११  |