कोरोनाका कारण बाँकेका मन्टेश्वरी स्कुलको लगानी डुब्यो, शुन्यबाट शुरु गर्नुपर्ने अवस्था


नेपालगन्ज – दुई वर्षअघि नेपालगन्जमा बालबालिकाकालाई लक्षित गर्दै मोन्टेश्वरी विद्यालय खुल्ने क्रम बढेको थियो । रु १० लाखदेखि रु १ करोड भन्दा माथीका लगानीमा सुविधा सम्पन्न मन्टेश्वरी खुले ।

यसरी खुलेका मन्टेश्वरीले विद्यार्थी नपाएका पनि होइनन् । तर ठिक त्यति नै बेला कोरोना महामारी शुरु भयो । जसका कारण बामे सर्दै गरेका मन्टेश्वरी विद्यालयहरु ठप्प बन्न पुगे ।

अधिकांस मन्टेश्वरी विद्यालय अहिले पनि सन्चालन हुन सकिरहेका छैनन् । लगानीकर्ताहरु केही शुन्यबाट फेरी शुरु गर्ने सुरसारमा छन् भने कतिपय बन्द गर्ने मुडमा छन् ।


मन्टेश्वरी एशोसियशन बाँकेका अध्यक्ष लुना बुढाथोकीका अनुसार, डेढ दर्जन मन्टेश्वरी विद्यालय बन्द छन् । दुई पटक लकडाउन व्यहोरेका कारण अधिकांस फेरी सन्चालनमा आउन सकेका छैनन् ।

शिक्षा क्षेत्रमा मन्टेश्वरी विद्यालयहरु सबैभन्दा धेरै प्रभावित भएको छ । ठुलो लगानी गरेर विद्यालय एकिकृत गरेका मन्टेश्वरीका विद्यार्थीहरु तितरबितर भएको बुढाथोकी बताउँछन् ।

न विद्यार्थी नत थप लगानी गरेर सन्चालन गर्न सक्ने अवस्थामा बाँकेका मोन्टेश्वरी रहेका छन् । एउटा मन्टेश्वरीमाम न्यूनतम रु १० लाखदेखि रु १ करोडसम्म लगानी गरेकाहरु अहिले शुन्य अवस्थामा रहेको बुढाथोकी बताउँछिन् । शुन्य अवस्थाबाट विद्यालय चलाउनुपर्ने अवस्था सिर्जना भएको छ ।

प्रकाशित मितिः     १५ कार्तिक २०७८, सोमबार १२:४८  |
error: Content is protected !!