लुम्बिनी प्रदेशमा १ करोड भन्दा बढी सहुलियत कर्जा लिने २ सय ६१ जना


नेपालगन्ज – सरकारले सहुलियत कर्जाको व्यवस्था ल्याएपछि लुम्बिनीमा हालसम्म यस्तो कर्जा लिनेको संख्या लुम्बिनीमा २ सय ६१ पुगेको
छ । देशभर कुल संख्या १८ सय नाघेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार अहिलेसम्म १ हजार ८ सय ९० कम्पनी तथा फर्मले १ करोडभन्दा बढी सहुलियत कर्जा लिएका हुन्।

आर्थिक वर्ष २०७५/०७६ देखि सहुलियत कर्जाको व्यवस्था गरिएको थियो।

नेपाल राष्ट्र बैंकका अनुसार ५५ वटा बैंक तथा वित्तीय संस्थाबाट सहुलियत कर्जा वितरण भएको छ।

सरकारले ३ वर्षअघि अर्थात् २०७५/०७६ को बजेटमार्फत सहुलियतपूर्ण कर्जाको व्यवस्था गरिएको थियो।


राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १ करोड रूपैयाँभन्दा बढीको कर्जा लिनेमा प्रदेश १ मा ३ सय ४६ फर्म, प्रदेश २ मा ४ सय २०, बागमतीमा ७ सय ९५, गण्डकीमा १ सय ९३, लुम्बिनीमा २ सय ६१, कर्णालीमा प्रदेशमा जम्मा ४ र सुदूरपश्चिममा ७१ वटा ऋणी रहेका छन्।

सबै गरेर भने अर्थात् साना ठूला सहुलियत कर्जा लिने ऋणीको संख्या भने १ लाख २९ हजार ६ सय ८० पुगेको छ।

जसमा ५५ वटा बैंक तथा वित्तीय संस्थामार्फत हालसम्म २ खर्ब ३१ अर्ब ४३ करोड ३६ लाख ६४ हजार रूपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह भएको हो।

सूची थाहा पाउन यहाँ क्लिक गर्नुहोस्-

Interest-subsidized-loan-to-be-published-Ashwin

प्रकाशित मितिः     २८ कार्तिक २०७८, आईतवार ११:५०  |
error: Content is protected !!