पशुपतिको प्रवेशले क्षेत्र नं. २ मा एमालेको शक्तिमा बढोत्तरी, संगठन विस्तारलाई केन्द्रीत गर्छु-मिश्र


बाँके – बाँकेमा व्यक्तिगतरुपमा राम्रो जनाधार भएका नेताका रुपमा परिचित छन् पशुपतिदयाल मिश्र ।

उनी जता गएपनि संगै काँधमा काँध मिलाएर हिड्ने मतदाताको संख्या ठुलो रहेको अनुमान लगाउनेहरु धेरै छन् । उद्यम, राजनीति र समाजसेवामा सक्रिय यी राजनीतिज्ञ यतिबेला एमालेमा औपचारिकरुपमा प्रवेश गर्दै छन् ।

मंसिर १ गते नेपालगन्जको मिश्रकै गाउँमा अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने बिशेष कार्यक्रममा दलबल सहित उनी एमाले प्रवेश गर्दै छन् । लामो समय राजनीतिमा सक्रिय रहेका कयौं नेता तथा कार्यक्रता सहित उनी पार्टी प्रवेश गर्न लगेका हुन । त्यसका लागि सूची बनाइरहेका मिश्रले आफ्ना शुभचिन्तकलाई सार्वजनिकरुपमै एमाले प्रवेश गर्न आह्वान गरेका छन् ।

मिश्र २०७४ सालमा प्रतिनिधिसभा सभा निर्वाचनमा क्षेत्र नंं. २ बाट निर्वाचन सुर्य चिन्हबाट चुनाव लडेका थिए । उनले उक्त निर्वाचनमा १६ हजार मत ल्याएका थिए ।  २०५४ सालको स्थानीय निर्वाचनयता क्षेत्र नं. २ मा हुने ठुला निर्वाचनमा एमालेले जित निकाल्न सकिरहेको छैन । यस्तो परिस्थितीमा मिश्रको प्रवेशले पार्टीलाई प्लस हुने बताउँछन्ए-माले बाँकेका अ्रध्यक्ष निरक गुरुगं ।

मिश्र पहिलेको र अहिलेको परिस्थिती फरक रहेकाले आगामी जुनसुकै निर्वाचनमा एमालेलाई सशक्तरुपमा अगाडी बढाउने बताउँछन् । निर्वाचनक्षेत्रमा संगठन बिस्तार तथा पार्टीको गतिबिधिलाई अब सक्रियतापूर्वक अगाडी बढाउने उनले बताए ।

 

प्रकाशित मितिः     २८ कार्तिक २०७८, आईतवार १२:३५  |