भन्सार बिन्दुमा गोदाम, चोरीपैठारीको सामान भण्डारण अनि राजश्व चुहावट


नेपालगन्ज – भन्सार बिन्दुमा गोदाम खडा गर्ने । चोरी पैठारी गरी ल्याएका सामाग्री त्यस्ता गोदाममा भण्डारण गर्ने अनि देशका बिभिन्न भागमा विक्री वितरण गरी राजश्व चुहावट गर्ने कार्य मौलाएको छ ।

नेपालगन्ज लगायत देशका ठ्ला भन्सार क्षेत्रमा यस्तो कार्य बढ्दै गएको छ । यस्तो कार्यमा व्यापारीहरुसंग सुरक्षा एवं प्रशासनिक निकायका अधिकारी एवं कर्मचारीको मिलोमतो हुने गरेको छ । राजश्व अनुसन्धान विभागले भन्सारक्षेत्रबाट हुने चोरी निकासी तथा राजश्व चुहावटको समस्याहरु केलाएको छ ।

विभागका अनुसार, बिभिन्न क्यारिगं फर्महरुबाट बिदेशबाट मालसमान आयात गर्ने, त्यसरी आयात गरिएको मालसमानको बिजक बास्तबिक खरिदकर्तालाई जारी नगरी असम्बन्धित व्यक्ति वा फर्मको नाममा जारी गरी आयकर र मूल्य अभिबृद्दि कर चुहावट हुने गरेको छ । पैठारी हुने सामानको न्यून मूल्य घोषणा गरी बास्तबिक कारोबार रकम नदेखाई चुहावट गर्ने जस्ता प्रबृत्ती देखा परेको छ ।

राजश्व अनुसन्धान विभागका अनुसार गत आर्थिक वर्षमा राजश्व अनुसन्धान कार्यालय कोहलपुर मार्फत राजश्व छली, बिदेशी बिनियमयको अपचलन र भिसिटिएस अनुगमन सम्बन्धी ९३ मुद्दा माथी अनुसन्धान भएको थियो । ती मध्ये राजश्व चुहावटको जम्मा एक, बैदेशिक मुद्दा अपचलनको ९ र भिसिटिएसको ८३ वटा रहेका छन् ।

प्रकाशित मितिः     २८ कार्तिक २०७८, आईतवार १३:२८  |