व्यवसायीलाई कर प्रशिक्षण


नेपालगन्ज –  नेपालगंज उद्योग वाणिज्य संघको आयोजना तथा आन्तरिक राजश्व कार्यालय, नेपालगन्जको सहकार्यमा १० औँ राष्ट्रिय कर दिवस (कर सप्ताह) अन्तर्गत उद्योगी, व्यावसायीहरुको सहभागितामा नेपाल सरकारका परिवर्तित कर सम्बन्धि ऐन, कानून र समग्र अर्थ नीतिको बारेमा अभिमुखीकरण कार्यक्रम संघको सभाहलमा सम्पन्न गरियो ।


उक्त कार्यक्रममा संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षता र आन्तरिक राजश्व कार्यालय, नेपालगन्जका कर प्रमुख अधिकृत शरद चन्द्र पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।

कर सम्बन्धि सहजीकरण गर्दै कर अधिकृत द्धय हिमालय बम र लक्ष्मी प्रसाद उपाध्यले उद्योगी, व्यावसायीहरुलाई जानकारी गराउनु भएको छ भने संघका महासचिब चिरञ्जीवी ओलीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

प्रकाशित मितिः     २ मंसिर २०७८, बिहीबार १७:५५  |
error: Content is protected !!