नेपालगन्ज विमानस्थलबाट उडान सुरक्षा निरीक्षण अभियान शुरु हुँदै


‘यो विषयमा सोमबार छलफल भएको छ। मंगलबार पारित भएलगत्तै निरीक्षण सुरु हुनेछ। विगतमा पनि निरीक्षण हुने गर्थ्यो। उड्डयन सँग जोडिएका सबै निकाय अन्तर्गतका पदाधिकारी सहित निरीक्षण गरिनेछ,’ प्राधिकरणका एक कर्मचारीले भने।

क्षेत्रीय रुपमा गर्न लागिएको निरीक्षण नेपालगञ्जबाट सुरु गर्ने योजना रहेको प्राधिकरणले जनाएको छ। यसका लागि एक महिनाको समयावधि लाग्नेछ।

‘स्थानीय रुपमा उडान सुरक्षा अभिवृद्धिका लागि हाल भएका समस्याको निराकरण गर्ने उद्धेश्यले निरीक्षण गर्न लागिएको हो। देखिएका समस्या तत्काल लागु गर्ने मूख्य उद्धेश्य रहेको छ,’ उनले भने।


विमानस्थल संचालनसँग जोडिएका वायुसेवा कम्पनी, धावनमार्ग, वन्यजन्तु लगायत विभिन्न क्षेत्रको अध्ययन निरीक्षण गरिने प्राधिकरणले जनाएको छ।

प्रकाशित मितिः     २१ मंसिर २०७८, मंगलवार १८:५९  |
error: Content is protected !!