वित्तीय साक्षरता अभियान : नेपालगन्जमा कलेजका बिद्यार्थी जागरुक गराइदै


नेपालगञ्ज-शाइन रेसुङ्गा बैंकले नेपालगञ्जमा रहेको कलेज अफ मेनेजमेण्टमा विविएसमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय एवं डिजिटल साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकका शाखा प्रबन्धक तेज बहादुर रावलले वित्तीय साक्षरताको आवश्यता, महत्व एवं वित्तीय समावेशीकरण, बैंकिङ्ग विकास र शाइन रेसुङ्गा बैंकको संक्षिप्त जानकारीका साथै बैंकले प्रदान गर्ने सेवा सुविधाहरुको बारेमा जानकारी गराउनु भएको थियो ।


करीब ५० जना भन्दा बढी विद्यार्थीहरु रहेको कार्यक्रममा कलेजका प्राध्यापकहरुको समेत सहभागिता रहेको थियो ।

प्रकाशित मितिः     २२ मंसिर २०७८, बुधबार १२:५३  |
error: Content is protected !!