डा. रुपक ढकालकाे जन्मस्मृतिमा असहायलाई सहयाेग


नेपालगन्ज -डा रुपक ढकालकाे ३५ औं जन्म स्मृतिमा असहाय परिवारलाई सहयोग गरिएको छ । बाँकेकाे काेहलपुर निवासी चिकित्सक डा. ढकालकाे एमडि अध्ययनका क्रममा भारतकाे सिमलामा अल्पआयुमा निधन भएको थियोे । उहाँकाे निधनले ढकाल परिवारले छाेरा त देशले एउटा होनहार युवा चिकित्सक गुमाएको थियो । उहाँका बुवा ढिलाराम ढकाल बाँकेका राम्रा शिक्षकारुपमा चिनिनुहुन्छ । उहाँहरु हाल काठमाडौमा बसाेबास गर्नु हुन्छ ।



स्वर्गीय ढकालकाे जन्मस्मृतिमा पारेर साेमवार काठमाडौकाे धुलिखेलमा रहेकाे मानव कल्याण समाजमा आमा,बुवा,बहिनी र भाइले सहयोग गर्नुभयो । उक्त कार्यका लागि डा.सुरेश थपलियाले समन्वय गर्नुभयो ।

प्रकाशित मितिः     १२ पुष २०७८, सोमबार १९:०६  |
error: Content is protected !!