नयाँ चलनचल्तीमा आएको पाँच सयकाे नाेटका बिशेषता यस्ता छन्


नेपालगन्ज । शुक्रबारदेखि ५०० दरका नयाँ नोट बजारमा आएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर भएका ५०० दरका नयाँ नोट चलनचल्तीमा आएको हो।


नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका अनुसार रु ५०० दरका पुरानै आकार तथा रंगमा, सङ्केत नं ६/३८ ०००००१ देखि झ/४२ ९९९९९९ सम्म नोट चलनचल्तीमा आएका हुन्। ३.५ मि.मी चौडा रहने नोटको अन्य डिजाइन तथा अक्षरहरु पुरानै जस्तै रहने बैंकले जनाएको छ। सगरमाथा हिमालको दायाँतर्फ अण्डाकारभित्र रङ्ग परिवर्तन हुने कुबेरको चित्र रहने बैंकले विज्ञप्ति मार्फत जनाएकाे छ।

प्रकाशित मितिः     ९ पुष २०७८, शुक्रबार १७:५३  |
error: Content is protected !!