यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति


नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को ६ महिनाको तथ्यांक सार्वजनिक गरेको छ । जसमा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.६५ प्रतिशत छ ।

आयात ५१.१ प्रतिशतले र निर्यात ९५.५ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ५.५ प्रतिशत र अमेरिकी डलरमा ६.२ प्रतिशतले घटेको छ । शोधनान्तर स्थिति रु २४१ अर्ब २३ करोडलेघाटामा छ । कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ८९ करोड अमेरिकी डलर रहेको छ । संघीय सरकारको खर्च रु ५०६ अर्ब ७० करोड र राजस्व परिचालन रु ५४२ अर्ब ५ करोड छ ।

मुद्राप्रदाय २.८ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.३ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ३.८ प्रतिशतले बढेको छ र निजी क्षेत्रमाथिको दावी १२.० प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १५.५ प्रतिशत र निजी क्षेत्रमाथिको दावीको वृद्धिदर २७.४ प्रतिशत छ ।

Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Six-Months-data-of-2078.79

प्रकाशित मितिः     २६ माघ २०७८, बुधबार १७:१०  |