नेपालगन्ज- त्रिभुवनचाेकमा प्रजातन्त्र दिवशकाे अवसर पारेर शनिबार राजा त्रिभुवनकाे शालिक पुनःस्थापन गरिएको छ ।
विभिन्न आन्दोलनमा उक्त चाेकबाट राजाकाे शालिक हटाएकाे थियाे । त्रिभुवनचाेक पुनस्थापनाका समर्थकले सालिक राखेकाे खुसियालीमा नाराबाजी समेत गरे ।
राप्रपा निकट कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेकाेमा उनिहरुले परिवर्तनका नाममा ईतिहास मेटाउन नहुनेमा जाेड दिए ।
राप्रपाका केन्द्रीय सह-महामन्त्री ऋषिराज देवकाेटाले नेपालगन्ज त्रिभुवन चौकमा राजा त्रिभुवनको शालिक राष्ट्रबादी देशभक्त युवाहरुले राखेकाे बताए ।