त्रिभुवनको शालिक जाेगाउन रातभर जाग्राम बस्दै समर्थक,हटाउने दुस्साहस नगर्न मेयरकाे चेतावनी


नेपालगन्ज- त्रिभुवनचाेकमा प्रजातन्त्र दिवशकाे अवसर पारेर शनिबार राजा त्रिभुवनकाे शालिक पुनःस्थापना गरिएको छ ।

प्रहरी,प्रशासनले हटाउन सक्ने भन्दै समर्थकले साझबाट रातभर जाग्राम बस्ने गरि जम्मा भएको राप्रपा सहमहामन्त्री ऋषिराज देवकोटाले बताए ।

सरकारमा रहेका पार्टीको दबाबमा प्रहरी, प्रशासनले शालिक हटाउन सक्ने आशका रहेकाे र त्यसकाे समर्थकले प्रतीवाद गर्ने उनले जनाए । यद्यपि प्रहरीको तर्फबाट शालिक हटाउने नहटाउने बिषयमा कुनै प्रतिक्रिया सार्बजनिक भएको छैन ।

विभिन्न आन्दोलनमा उक्त चाेकबाट राजाकाे शालिक हटाएकाे थियाे ।  त्रिभुवनचाेक पुनस्थापनाका समर्थकले सालिक राखेकाे खुसियालीमा नाराबाजी समेत गरे ।

राप्रपा निकट कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेकाेमा उनिहरुले परिवर्तनका नाममा ईतिहास मेटाउन नहुनेमा जाेड दिए ।

राप्रपाका केन्द्रीय सह-महामन्त्री ऋषिराज देवकाेटाले नेपालगन्ज त्रिभुवन चौकमा राजा त्रिभुवनको शालिक राष्ट्रबादी देशभक्त युवाहरुले राखेकाे बताए ।

समर्थकमाझ बोल्दै नेपालगन्जका मेयर धवल शम्सेर राणाले जनताकाे भावनामा ठेस लाग्ने गरि शालिक हटाउन खाेजे प्रतीवाद गर्ने बताए । उनले त्यसबाट उत्पन्न हुने क्षति सरकारले व्यहोर्नुपर्ने मेयरकाे चेतावनी थियाे ।

 

प्रकाशित मितिः     ७ फाल्गुन २०७८, शनिबार २०:१४  |