नेपालगन्ज -लघुवित्त वित्तीय संस्थाहरुबाट कृषि क्षेत्रतर्फ कर्जा प्रवाहको हिस्सा बढेको छ ।
नेपाल राष्ट «बैंकले सार्बजनिक गरेको आर्थिक वर्ष २०७७/७८ काे प्रथम त्रयमास – २०७७ असोज “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदन अनुसार, २०७८ पुस मसान्तसम्ममा उक्त प्रदेशमा लघुवित्त वित्तीय संस्थाको ११ सय ३५ वटा शाखाहरु संचालनमा रहेका छन् ।
ती लघुवित्त वित्तीय संस्थाहरुले २०७८ पुस मसान्तमा प्रवाह गरेको कर्जा रकम रु. ४ खर्ब ३० अर्ब ६८ करोड मध्ये रु. १ खर्ब ९५ अर्ब ८१ करोड अर्थात ४५.४७ प्रतिशत कृषि क्षेत्रमा प्रवाह भएको देखिन्छ ।
२०७८ असार मसान्तमा कृषि क्षेत्रमा रु. १ खर्ब ६३ अर्ब ८६ करोड अर्थात ४४.८२ प्रतिशत कर्जा प्रवाह भएको थियो । आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रयमाससम्ममा लघुवित्त वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जा मध्ये घरेलुतथा लघु उद्योग क्षेत्रमा ३.३९ प्रतिशत र सेवा व्यवसाय क्षेत्रमा ३१.२२ प्रतिशत कर्जा प्रवाह भएको देखिन्छ ।
समीक्षा अवधिमा लघुवित्त वित्तीय संस्थाहरुले प्रवाह गरेको कुलकर्जामा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जाको हिस्सा
१२.७३ प्रतिशत रहेको छ ।