नेपालगन्जमा रहेकाे कृषि विकास बैंककाे याे भवन खण्डहर बन्न नदेउ ?


कृषि विकास बैंकको प्रादेशिक कार्यालय नेपालगञ्जबाट दाङ सरेदेखि नेपालगञ्जको विलासपुरस्थित यो तीन तले २४ कोठे भव्य भवन अचेल अलपत्र परेको छ।
यस भवनसंगैका दुई ओटा अन्य भवनहरु पनि टुहुरा बनेका छन्।

यो भवनसंगै जोडिएको सो बैंकको आफ्नो अर्को विशाल भवन पनि विगत छ वर्षदेखि खण्डहर बन्ने क्रममैं छ।
प्रादेशिक सरकार, जिल्ला वा स्थानीय निकायले यस भवनलाई कुनै काममा उपयोग गरे पनि हुन्थ्यो होला नि! कि यसलाई पनि जिर्ण वा खण्डहर नै बन्न दिने?
बैंकको आम्दानीबाट बनेको र उसैको स्वामित्वमा रहेको भए पनि यो देशकै सम्पत्ति हो। बैंकले तत्काल आम्दानी नहुने देखेर यस भवनलाई जिर्ण बन्ने बाटोमै छोडे पनि सरकार वा नगरपालीकाले नै यसलाई आफ्नो स्वामित्वमा लिएर कुनै काममा प्रयोग गर्दा त हुन्थ्यो होला।

वार्ड कार्यालय, पुस्तकालय, तालिम केन्द्र, हेल्थ पोस्ट, बृद्धाश्रम, छात्रावास प्रहरी आवास वा कर्मचारी निवासको रुपमा प्रयोग गर्न उपयुक्त छ यो भवन। फराकिलो र व्यवस्थित यो भवन सिडियो कार्यालयको राहदानी फाँट, नापी, मालपोत वा यातायत कार्यालय जस्ता भीडभाडका कार्यालयहरुको निम्नि निकै उपयुक्त देखिन्छ।

लौ न कुनै पत्रकारले यो विषयलाई उठान गर्दा हुन्छ ..।।

(चित्र : श्री राजकृष्ण वर्मा)

( कृषि विकास बैंकका पुर्ब अधिकृत तथा साहित्यकार खगेन्द्र गिरि काेपिलाकाे फेसबुकपेजबाट)

प्रकाशित मितिः     २३ फाल्गुन २०७८, सोमबार १२:०१  |