काेहलपुरमै विद्युतीय गाडी किन्न पाइने, चार्जिङ स्टेसन निर्माण


नेपालगन्ज – पश्चिम नेपालमै पहिलो पटक काेहलपुरस्थित बिबि इन्टरप्राइजेजले निजि तथा सार्बजनिक विद्युतीय गाडीकाेबिक्री शुरू गरेकाे छ ।

प्रतिष्ठित व्यवसायी बिष्णु खनाल सन्चालक रहेकाे उक्त फर्मले कार, पिकअप भ्यान र बसहरु बिक्री शुरू गरेको हो ।

न्युनतम मुल्यमा कार,बस तथा भ्यानहरु बिक्री गरिने र बित्तीय सस्थाहरुबाट ८० % सम्म फाइनान्सकाे ब्यवस्था रहेकाे छ ।

इन्धनबाट चल्ने सवारी सन्चालन खर्च अत्यधिक बढ्दै गएको कारण विद्युतीय गाडी पश्चिममा पनि बिक्री बढ्ने अपेक्षा गरिएको खनालले बताए ।

उनका अनुसार बिक्री भएका गाडीहरुको चार्जिङ स्टेसन र सर्भिसिङका लागि शाेरुम वा अन्य स्थानमा जुनसुकै प्रकारले ब्यवस्थापन गरिने छ ।

प्रकाशित मितिः     २८ फाल्गुन २०७८, शनिबार १७:०१  |