स्वदेशी कच्चापदार्थबाट सेनिटेरी प्याड उत्पादन गर्न आँटेका उद्यमी


बाँके– नेपालगन्ज–७ डिएसपीरोडका नितु शाह चन्द र सुशिला शाह राणाले स्वदेशी कच्चा पदार्थ प्रयोग गर्ने गरी सेनिटरी प्याड उत्पादनको बिजनेश प्लान बनाएका छन् । खानदानी परिवारका छोरी बुहारी नितु र सुशिलाले उत्पादन गर्ने योजना बनाएको प्याड महिलाले प्रयोग गर्दा कुनै समस्या नहुने स्वास्थ्यका लागि फाइदाजनक हुने बिश्वास गरिएको छ ।

‘अहिले प्रयोग भइरहेका प्याडले एलर्जी लगायतका समस्या हुने गरेको पाइयो । तर हामीले बनाउने त्यस्तो हुँदैन ।’ चन्दले भन्नुभयो–‘मकै र बाँसको कोर प्रयोग गरेर प्याड बनाउने लक्ष्य छ । यसको सम्भाव्यता अध्ययन भइसकेको छ । अटोमेटिक मेशिन ल्याएर उत्पादन शुरु गर्छौ ।’

बिजनेश प्लान बनाइसकेका कारण अब श्रृष्टी सेनिटरी एण्ड हाइजेनिङ्ग उद्योग प्रालि दर्ता प्रक्रियामा जाँदै छ । भारतबाट मेशिन ल्याउने प्रक्रिया समेत शुरु गरिसकेको चन्दले बताउनुभयो । रु ५० लाख भन्दा धेरै लगानी लाग्ने अनुमान गरिएको छ ।

स्वदेशी उत्पादन र स्वास्थ्यका लागि समेत राम्रो हुने भएकाले आफुहरुको उत्पादनले राम्रो बजार लिने चन्दको आशा छ । उत्पादन केही महिनापछि शुरु गर्ने योजना बनेको छ । बाँकेमा मात्र यसको रु १.८ करोड, लुम्बिनीमा रु १८ करोड र देशभर यसको बजार १.४३ अरबको रहेको सम्भाव्यता अध्ययन गरिएको छ । बिद्यालय, कलेज र सिंगो बजार छोप्न सकिने आधार रहेको चन्दले बताउनुभयो ।

घरमै बसेर महिलाहरु अगाडी बढ्न नसक्ने भएकालेले बिजेनलार्य अगाडी बढाएको उहाँहरु दुबैको भनाई छ । अनभेष अधिकारीले प्रविधिमा सहयोग गरिरहेकाले बिजनेश गर्न सहज हुने चन्द र राणाको बिश्वास छ ।

 

 

 

 

प्रकाशित मितिः     १ चैत्र २०७८, मंगलवार १३:२०  |