नेपालगन्ज- क्यान महासंघले ७३ औं जिल्ला शाखाको रुपमा कर्णाली प्रदेश अन्तर्गत डोल्पामा आफ्नो विस्तार गरेको छ।
सुचना तथा सञ्चार प्रविधि क्षेत्रमा कार्यरत ब्यक्ति तथा ब्यवसायीहरुको प्रथम जिल्ला भेला पस्चात साधारणसभा तथा अधिबेसन मार्फत सन्तोष गुरुङको अध्यक्षतामा गठन भएको ७ सदस्यीय समितिकाे उपाध्यक्षमा मन प्रसाद थापा, सचिवमा डेविड पहाडी, कोषाध्यक्षमा कृष्ण कार्की, सहसचिवमा पवित्रा कार्की र सदस्यहरुमा टेक बहादुर शाही र अरुण रोकाय रहनु भएको छ।
क्यान महासंघका केन्द्रीय अध्यक्ष नवराज कुँवरको प्रमुख आतिथ्यता, महासचिव नारायण थापा, कर्णाली प्रदेश समितिका अध्यक्ष प्रेम प्रकाश चन्दको उपस्थितिमा डोल्पामा क्यान महासंघ विस्तार भएको हो।