नेपालगन्ज -गाभरभ्यालिमा शनिवारबाट देशभरका छ सय बढि हाेमस्टे सन्चालककाे जमघट हुँदै छ ।
हाेमस्टे एशाेशिएशन नेपालकाे महाधिवेशन हुन लागेकाे हाे । मौलिक खाना महाेत्सव समेत हुने भएकोले दुबै समाराेहकाे लुम्बिनी प्रदेशका मन्त्री डिल्ली चौधरीले उद्घाटन गर्ने छन् ।
पहिलाे पटक पश्चिम नेपालमा हाेमस्टे सन्चालकहरुको यति ठुलाे जमघट हुन लागेकाे केन्द्रीय सचिव कृष्ण चौधरीले बताए ।
देशकाे पर्यटन विकासमा हाेमस्टेकाे महत्त्वपूर्ण भुमिका रहेकाे र त्यसलाई राज्यले सहयाेग गर्नुपर्ने बिषय महाधिवेशनमा प्रमुखरुपमा उठ्ने महासचिव प्रेम शकर मर्दनिया थारुले बताए ।
नयाँ नेतृत्व चयन गरेर महाधिवेशन सकिने छ । महासचिवका लागि कृष्ण चौधरीको दावि छ ।
गाभरमा हाेमस्टे शुरु गर्ने चौधरी पर्या-पर्यटनको जग बसाल्ने व्यक्तिका रुपमा परिचित छन् । पत्रकार समेत रहेका चौधरी सगठन सन्चालनका लागि उपयुक्त मानिन्छन् ।