ग्लो्बल मनि विक’ : नेपाल बैंकले बाँके गाउँमा स्थानीयलाई गरायो अभिमुखिकरण


नेपालगन्ज- नेपाल बैंक लिमिटेड नेपालगन्ज शाखाले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ बाँके गाउँका बासिन्दाहरुलाई डिजिटल बैकिंङ सेवाबारे अभिमुखिकरण गराएको छ ।

शुक्रबार वडा नम्बर ९ स्थित सरस्वती प्राविमा डिजिटल बैकिंङ वित्तीय सारक्षरता कार्यक्रम सम्पन्न गर्दै बैंकको शाखा कार्यालयले स्थानीयवासीहरुलाई बैंकिङ सेवाबारे जानकारी गराएको हो ।

नेपाल राष्ट्र बैंकले सुरु गरेको ‘ग्लो्बल मनि विक’ अन्तर्गत कार्यक्रम सम्पन्न गरिएको नेपाल बैंक लिमिटेड नेपालगन्ज शाखाका वरिष्ठ शाखा प्रबन्धक रुपेश श्रीवास्तवले जानकारी दिए ।

राष्ट्र बैंकले २०२२ को मार्च २१ देखि २७ सम्म ग्लोबल मनि विक’को रुपमा मनाउने निर्णय गरेर सबै बैंकहरुलाई सोहीअनुसार कार्यक्रम गर्न सर्कलर गरेको थियो । ग्लोबल मनि विक’को २०२२ को नारा भविष्य बनाऔं, पैसाको कारोबारमा स्मार्ट बनौँ रहेको छ । ग्लोबल मनि विक’को मुख्य ध्येय किशोर किशोरी र युवा यसवतिलाई वित्तीय साक्षरताबारे जागरुक गराउनु रहेको शाखा प्रबन्धक श्रीवास्तवले जानकारी दिए ।

नेपालगन्ज वडा नम्बर ९ का स्थानीय किशोर किशोरी र सर्वसाधारणलाई बैंकको परिचय तथा यसले गर्ने कार्यहरु, डिजिटिल बैंकिङको परिचय, डिजिटिल बैंकिङ गर्दा ध्यान दिनुपर्ने कुराहरु, निक्षेपका प्रकारहरु, बचतको महत्व, रेमिटेन्स सेवा, कर्जा उपयोग गर्ने प्रकृयाहरुका बारेमा बैंकका प्रबन्धक श्रीवास्तव, बैंकका सहायक प्रबन्धक धर्मराज कोइराला, उपप्रबन्धकद्वय राजु राना क्षेत्री र अरुण बटालाले जानकारी गराएका थिए ।

बैंकले यसअघि पनि नेपालगन्जका विभिन्न विद्यालयहरुमा डिजिटल बैंकिङ सेवाबारे अभिमुखिकरण गराइसकेको छ ।
नेपाल बैंकले हाल बचत खातामा ७.३ प्रतिशत र मुद्धति खातामा १२.३ प्रतिशत ब्याज दिइरहेको छ भने सहुलियतपूर्णरुपमा सबैखाले कर्जाहरु पनि दिइरहेको छ ।

प्रकाशित मितिः     १२ चैत्र २०७८, शनिबार ०६:५४  |