काेहलपुरका मेयर लुटबहादुर रावतकाे वाचा पूरा हुँदै,लालपुर्जा दिन थालियो


नेपालगन्ज- स्थानीय  तहको निर्वाचनको समय नजिकीदै गर्दा जनप्रतिनिधीहरुले आफ्ना प्रतिबद्धताहरु पुरा गर्न लागि परेका छन ।

निर्वाचनताका गरेका प्रतिबद्धताहरु कोहलपुर नगरपालिका केहि केही हदसम्म पुरा गर्ने कोशिस गरेको देखिन्छ । निर्वानचको समय नजिकीदै गर्दा कोहलपुर नगरपालिका वडा नं. ३ ले गाउँब्लक क्षेत्रको जग्गाधनी लालपुर्जा बितरण गरेको छ । गाउँब्लक अन्र्तगत रहेका १८६ वटा लालपुर्जा वितरण गर्नेकाम को शुरुवात वडा नं. ३ले गरेको हो ।

बि.स २०५४ सालमा नप नक्सा गएको गाउँब्लक जग्गाको लालपुर्जा अहिले वितरण गरिएको हो । तत्कालिन समयमा स्थानीयहरुको समस्या र पहलकदमी गर्नै ब्यक्तिको अभवहुदा आफुहरुले लालपुर्जा नपाएको स्थानीय रघुराम थारुले बताए । उनले भने स्थानीय निकायको निर्बाचन पश्चात वडाको पहलमा आफुहरुले जग्गाधनी लालपुर्जा पाउन सफल भएको समेत उनले बताए ।

यत कोहलपुर नगरपालिका वडा नं. ३ का अध्यक्ष माधब रिजालले भने नगरपालिकाको पहल र आफ्नो ब्यक्तिगत पहलका कारण स्थानीयहरुलाई गाउँब्लक अन्र्तगत बसोबास गर्दै आएका ब्यक्तिहरुलाई लालपुर्जा आज ९८ घरधुरीलाई लालपुर्जा बिरण गर्न सफल भएको बताए । सबैको सहकार्य र साथका कारण आफ्नो वडा बासीलाई लालपुर्जा बितरण गर्न सफल भएको अध्यक्ष रिजालले बताए ।

आफुहरु निर्वाचित भएपश्चात पुर्जा वितरण गर्नका लागि छुट्टाईएको बजेट खर्च भएको प्रतिफल जनताहरुले पाएको कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले बताए । गाउँब्लक लालपुर्जा वितरण गरिएको भएता पनि भुमि आयोग सक्रिय नहुदा अब्यबस्थित, दलित सकुम्बासीहरुले लालपुर्जाका लागि भरेको फर्म थन्किने काम भएको र जनतालाई लालपुर्जा बितरण का लागि केन्द्रिय सरकार गम्भिर हुनुपर्ने रावतले बताए ।

चुनाव जितेर आएपछि जनप्रतिनिधीले जनताको काम कुशलता पुर्वक गर्नु पर्ने र जनताका काममा कुर्न पुर्वाग्रा नराख्न भुमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले निर्देशन दिनु भएको थियो । उहाँले म सरकारको मन्त्री भएकाले कुनै पार्टीको मन्त्री नरहेको र जनताको काममा गर्न यहाँ आएको समेत जिकिर गर्नुभएको थियो । यस्तै उहाँले अहिलेको सरकारको प्रमुख लक्ष्य भनेको मुमि समस्यालाई समाधन गर्नु रहेको जिकीर गर्नुभयो ।

स्थानीय सरकार आएपछि धेरै स्थानीय निकायहरुले आफ्ना धेरै प्रतिबद्धता पुरा गरेको भएता पनि केहि स्थनीय निकायहरुको खासै उपलब्धी देखिदैन । यस्तै जनताको समस्याको समाधन खोज्न र उनीहरुले बर्षै देखि भोग्दै आएको समस्यालाई समाधान गर्न लाग्ने हो भने जनताले पक्कै पनि तपाईको मुल्यांकन गर्ने छन ।

प्रकाशित मितिः     १३ चैत्र २०७८, आईतवार १८:००  |