नेपालगन्ज-नेपालगन्जमा इन्धन भर्ने पम्पहरुमा तेल हाल्ने सर्वसाधारणको चाप एक्कासी बढेको छ। घण्टौँ लाइनमा बसेर उनीहरु तेल हाल्न बाध्य भएका छन्।
इन्धन अभाव हुने र मूल्य बढ्ने आशङ्काले यसरी तेल हाल्न लाइनमा बसेका सर्वसाधारणले प्रतिक्रिया दिए।
इन्धन ढुवानी गर्ने व्यवसायीहरुले विभिन्न माग राखेर डिपोबाट तेल नउठाएको समाचार सार्वजनिक भएपछि तेल अभाव हुने आशङ्काले एक्कासि लाइन बढेको हो। ढुवानीकर्ताले भाडा समायोजनको माग गरेका जनाइएको।
पहिलेरपहिले ग्यास अभाव हुने भयो भन्ने हल्लामा एकै जनाले चाररपाँचवटा सिलिन्डर जम्मा गरेजस्तै देखिन लागेको उल्लेख गर्दै चाप बढेकाले शान्ति र सुरक्षालाई ध्यानमा राखेर पम्पहरुमा प्रहरी टोली नै खटाउनुपरेकाे छ अहिले आवश्यताभन्दा बढी तेल भर्न सर्वसाधारण लाइनमा बसेका छन्।
कतिपय त ग्यालिनसमेत बोकेर पम्पमा आएका देखिए।
दैनिक रुपमा हुने चापभन्दा बढी चाप परेकाले ठूलो लाइन लागेको पम्प सञ्चालकको भनाइ थियो।
बन्द हुने पम्पमा समेत आज लामो लाइन छ। शुक्रबारदेखि नै यो समस्या देखिएको प्रहरीले जनाएको छ। कतिपय पम्पहरुले तेल छैन भनेर ब्यानर नै झुन्ड्याउन थालिसकेका छन्।