२०७६ साल माघ १३ गते नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष निर्वाचित अब्दुल वाहिद मन्सुरी नेपालगन्जको उद्योग वाणिज्य क्षेत्रको नेतृत्वमा छोटो समयमै प्रभाव जमाउन सफल व्यक्ति हुन् । कुरा भन्दा कामलाई प्राथमिकता दिने व्यवसायिक नेता मन्सुरी अध्यक्ष चुनिनुअघि संघको वरिष्ठ उपाध्यक्ष थिए । उनी दुई कार्यकाल कार्यसमिति सदस्य, एक कार्यकाल उपाध्यक्ष रहिसकेका थिए । संघको कार्यसमितिको अरु पदमा रहँदा उनले देखाएको नेतृत्व कौशलकै कारण उनलाई नेपालगन्जका व्यवसायीहरुले आफ्नो छाता संगठनको अध्यक्ष चुने । तर, उनी अध्यक्ष चुनिएको केही समयपछि नै विश्व महामारी कोरोना संक्रमण सुरु भयो । जसकारण संघका पूर्वनिर्धारित केही कार्यक्रमहरुमा धक्का लाग्न पुग्यो । यद्धपि आइपरेको संकटमा पनि संघले आफूलाई सक्रिय बनाई महामारी नियन्त्रणका लागि सहकार्य र महामारीले निम्त्याएका समस्या समाधानमा केन्द्रित भयो । अध्यक्ष चुनिएको पहिलो दुई वर्ष पुगेको सन्दर्भमा चुन्नाको नेतृत्वमा भएका कामबारे वीरेन्द्र जैसीले गरेको संवाद :-
दुई वर्षअघि अध्यक्ष चुनिँदा यहाँले कस्तो योजना बनाउनुभएको थियो ?
-त्यतिबेला त हामीले नेपालगन्जमा उद्योग, वाणिज्य, व्यापार र व्यवसायका आधारभूत समस्याहरुको सम्बोधनका लागि पैरवी गर्नेगरी नै योजना बनाएका थियौँ । मुख्यतः नेपालगन्जको खुला सीमा नाका र त्यसले निम्याएको कर छली अनि यहाँका उपभोक्ताहरुको भारतीय बजारबाट किनमेल गर्ने प्रवृत्तिमा कमी ल्याउन पहल गर्ने योजना बनाएका थियौँ । भन्सारका समस्या समाधान, बढिरहेको बैंक ब्याज न्यूनिकरणका लागि आवाज उठाउने योजना बनाएका थियौँ । यसबाहेक उद्योग व्यवसाय प्रवद्र्धनात्मक कार्यक्रमको पनि योजना हामीसँग थियो । औद्योगिक क्षेत्र र अन्तराष्ट्रिय उडानका लागि निरन्तर खबरदारी गर्ने पनि योजना थियो । तर, हाम्रो कार्यकालको दोस्रो बैठक पछि नै कोरोना महामारी सुरु भयो । हामीले तय गरेका सबै योजनाहरुलाई निरन्तरता दिन सकिएन ।
कोरोना महामारीमा पनि संघले सक्रियता त देखायो नि है ?
-हो । कोरोना महामारी सुरु भएपछि हामीले त्यहीअनुसारका कार्यक्रम तय गर्दै काम गर्दै गयौँ । व्यवसायीहरुका समस्या समाधनमा केन्द्रित ग¥यौँ । व्यापार व्यवसाय सहजीकरणका लागि प्रशासनसँग सहकार्य ग¥यौँ । हामीले माहामारीका बेला सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै अस्पताल र स्वास्थ्यकर्मीलाई आवश्यक पिपिईका विकल्पमा प्रयोग गर्न सकिने कपडाहरु तयार गरायौँ । कार्यसमिति सदस्य र ईच्छुक उद्योगी व्यवासायीबाट कोष संकलन गरेर ती सामग्री बनाएर नेपालगन्ज बाहिरका सहरमा पनि पठायौँ ।
यसका साथै कोरोना महामारीसम्बन्धि सचेतनामा सहकार्य ग¥यौँ । माक्स र स्यानिटाइजर वितरण ग¥यौँ । पसलहरु सबै बन्द रहेको अवस्थामा हामीले ईच्छुक व्यक्तिहरुलाई सबै सावधानी अपनाएर पसल खोल्न पनि लगायौँ । व्यवसायीहरुलाई पासको व्यवस्था ग¥यौँ । पसलमा पनि मानिसहरु आउन नसक्ने अवस्था सृजना भएपछि हामीले सुलभ मूल्यमा दैनिक उपभोग्य वस्तुको घुम्ति पसलहरु सन्चालन ग¥यौँ । जसले आम मानिसहरुलाई ठूलो राहत मिल्यो । खाद्यान्नको आपूर्तिका लागि सरकारसँग पनि सहकार्य ग¥यौँ । यसैगरी भेरी अस्पतालमा पाँच लाख ५१ हजारको अक्सिजन पाइपको व्यवस्था ग¥यौँ । अरु कामका पनि सहकार्य ग¥यौँ । हामी कोरोना महामारीका बेला पनि फिल्डमै थियौँ ।
लकडाउनका कारण उत्पन्न समस्या समस्या समाधानका लागि के गर्नुभयो ?
-लकडाउनका कारण उद्यागी व्व्यवसायीलाई मुख्यतः दुई किसिमका समस्या उत्पन्न भएका थिए । एक बैंक ब्याज तिर्न नसकिएको र महंगो ब्याज भएको । अर्को भाडा तिर्न समस्या भएको । यी दुईवटै समस्या समाधानका लागि हामीले विभिन्न निकायमा पहल ग¥यौँ । महासंघमार्फत सरकारलाई दवाब दियौँ । त्यसपछि मौद्रिक नीति र बजेटमा ब्याज छुट लगायका थुप्रै व्यवस्था भए । बैंकहरुलाई व्यवसायीलाइ धेरै दुःख नदिन र सहयोग र्न अनुरोध पनि ग¥यौँ । भाडा तिर्न समस्या भएका व्यवसायीका घरबेटीलाई पनि सहयोग गर्न अनुरोध ग¥यौँ । धेरै जनाले छुट पनि गर्नुभयो । त्यस्ता घरबेटीहरुलाई हामीले सम्मान पनि ग¥यौँ । यसबाहेक व्यवसायीहरुले सहयोग मागेका ठाउँमा हामी तुरुन्तै पुगेर समस्या समाधान गर्ने प्रयास गरेका थियौँ ।
कोरोनाकै कारण कुन–कुन कार्यत्रमहरु रोकिए ?
-पहिलो त उद्योगा वाणिज्यको प्रवद्र्धनका लागि आयोजना गर्ने भनिएका महोत्सवहरु हुन पाएनन् । यसैगरी जिआइजेडले व्यवसायिक सहजीकरण र व्यवसायिक आइडियाका विषयमा सहजीकरण गर्ने परियोजना पनि लगभग आइसकेको थियो । त्यो परियोजना पनि सफल हुन पाएन । यसबाहेक विभिन्न खालका तालिमहरु पनि हामीले गर्न पाएनौँ । सभा सम्मेलन र गोष्ठीहरु पनि हुन पाएनन् । लगानी आकर्षण गर्न एक सम्मेलन गर्ने भनेका थियौँ, त्यो पनि हुन सकेन ।
तपाईं अध्यक्ष चुनिँदा रहेका नेपालगन्जको व्यवसायीक क्षेत्रका समस्या अहिलेपनि उस्तै छन् कि समाधान भए ?
ठ्याक्कै उही अवस्थामा त छैनन् । तर समाधान नै पनि भएका छैनन् । त्यतिखेर हामीले उठाएको खुला सीमाका कारण उत्पन्न समस्या कोरोनाको लकाउनका बेला सुध्रिएको थियो । तर त्यतिबेलाको जस्तै कडाई र सुरक्षाको व्यवस्था नहुँदा अहिले पुनः समस्या उस्तै भएको छ । भन्सारमा पनि अहिलेपनि जडीबुटीलगायतका वस्तु निर्यातमा समस्याहरु रहेकै छन् । भन्सारका अरु समस्या समाधानका लागि कि त सुरक्षा र भन्सार प्रशासन चुस्त बनाउनुप¥यो । अर्को सीमामा बन्न लागेको आइसीपी चाडो निर्माण सम्पन्न हुनुपर्छ । यी दुइवटै पक्षमा हामीले दबाब दिइरहेका छौँ । यसैगरी पहिले करमा अन्यौलता र कर कार्यालयको सेवाको गुणस्तरीयताबारे धेरै प्रशनहरु उठ्ने गरेका थिए । अहिले भने कर सेवा सुध्रिएको पाएका र्र्छाँै । औद्योगिक क्षेत्र र अन्तराष्ट्रिय हवाइ उडानका लागि अहिलेपनि हामी आफ्नातर्फबाट पहल र ध्यानाकर्षण गराइरहेका छौँ ।
यसबीचमा बाँकेका समृद्धिका आधारमाथि बहस पनि सुरु गर्नुभएको छ । यसबाट तपाईहरुको अपेक्षा के हो ?
-यसबाट हाम्रा अपेक्षा भनेको बाँकेको विकासमा एक साझा धारणाको दस्तावेज बनोस् भन्ने हो । चुनावहरु विकासका मुद्धामा केन्द्रित होस् भन्ने हो । हामी कुनै निकायमा जाँदा होस् वा यहाँका नेताहरुले संसदमा बोल्दा होस् उनीहरुले ती आधारमा आफ्नो माग प्रस्तुत गरोस् भन्ने अपेक्षा हो । त्यसको लागि हामीले ठोस् पहल थालेका हौँ । यसको सुरुवात गरेका छौँ । यो सफल पनि भएको छ । अब हामी राजनीतिक क्षेत्रका अगुवाहरुसँग पनि ती आधारमाथि छलफल गरेर एउटा ठोस दस्तावेज तयार गछौँँ ।
अहिलेको अवस्थामा नेपालगन्जको व्यवसायिक उन्नयनका लागि प्राथमिकता विषयहरु के–के हुन् र हुनुपर्छ ?
पहिलो त यहाँको पर्यटकीय संभावनालाई सहजीकरण हुनुपर्छ । नेपालगन्जबाट अन्तराष्ट्रिय उडानको व्यवस्था हुनुपर्छ । आइसीपी निर्माण चाडो सम्पन्न हुनुपर्छ । यहाँबाट पोखराजस्तै लुम्बिनीका लागि पनि उडान सुरु हुनुपर्छ । दोस्रो उद्योगहरुका लागि औद्योगिक क्षेत्रको विकास चाडोभन्दा चाडो हुनुपर्छ । उद्योगहरुलाई बिजुलीमा छुट गरिनुपर्छ । औद्योगिक क्षेत्र बनेर मात्रै हुँदैन, त्यहाँ उद्योगीहरु आकर्षित गर्ने स्पष्ट आधार दिइनुपर्छ ।
अन्तमा केही भन्न चाहनुहुन्छ ?
आशा गरौँ । निराश हुनु हुँदैन । नेपालगन्ज अधोतिमा जान सक्दैन । कसैले लैजान खोज्छ भनेपनि उ सफल हुँदैन । नेपालगन्ज हिरा हो एकदिन चम्कन्छ । अनि उपभोक्ताहरुलाई भन्न चाहन्छु कि नेपाली उत्पादन र नेपाली व्यापार व्यवसायलाई प्रोत्साहन गरौँ । नेपाली उत्पादन र व्यापारलाई उपभोक्ताले माया गरेपछि मात्रै देश बन्छ र हामी बन्छौँ । यही म भन्न चाहन्छु ।
नेपालगन्ज उद्योग वाणिज्य संघको स्मारिका -२०७८ बाट