नेपालगन्ज – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार नेपालगन्जकाे एउटा सभामा बाँकेकाे नरैनापुरका अग्नि पिडितलाई राहात दिने घाेषणाा गरे ।
लगत्तै पिडितलाई राहात बितरण गरिएको छ । केन्द्रीय सदस्य सुर्य ढकाल, माेहमद हारुन लगायतका नेताहरुले घाेषणा अनुसारकाे राहात सहयाेग गरे ।
एमालेका युवा नेता बिनय दिक्षितका अनुसार नरैनापुरका अग्निपीडित १६ घर परिवारलाई प्रति परिवार रू एक लाखका दरले रू १६ लाख नगद, प्रति परिवारलाई घर निर्माणको लागि ३/३ बण्डल टिन उपलब्ध गराएको छ ।