अध्यक्ष ओलीले घाेषणा गरेलगत्तै नरैनापुरका अग्निपिडितसम्म पुग्याे राहात


नेपालगन्ज – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार नेपालगन्जकाे एउटा सभामा बाँकेकाे नरैनापुरका अग्नि पिडितलाई राहात दिने घाेषणाा गरे ।

लगत्तै पिडितलाई राहात बितरण गरिएको छ । केन्द्रीय सदस्य सुर्य ढकाल, माेहमद हारुन लगायतका नेताहरुले घाेषणा अनुसारकाे राहात सहयाेग गरे ।

एमालेका युवा नेता बिनय दिक्षितका अनुसार नरैनापुरका अग्निपीडित १६  घर परिवारलाई प्रति परिवार रू एक लाखका दरले रू १६ लाख नगद, प्रति परिवारलाई घर निर्माणको लागि ३/३ बण्डल टिन उपलब्ध गराएको छ ।

प्रकाशित मितिः     २५ चैत्र २०७८, शुक्रबार ०६:५७  |