- बिजमाण्डुडटकम
काठमाडौं। बर्दिया जिल्लामा ३ अर्ब ९६ करोड लगानीमा सेरामिक उद्योग खुल्ने भएको छ। जिल्लाको गुलरिया नगरपालिका(८ मा उद्योग स्थापना गर्ने गरी उद्योग दर्ता भएको हो।
उद्योगमा सुप्रब धितालसहितको लगानी रहेको छ। यो उद्योगले जग्गा व्यवस्थापन गरी वातावरण प्रभाव मूल्यांकनको प्रक्रिया अघि बढाइसकेको छ। यो कम्पनीले ५ सय ४ जनालाई रोजगारी दिने उल्लेख गरेको छ।
यो उद्योगले २ करोड ८० लाख सेरामिक टायल उत्पादन गर्ने लक्ष्य लिएको छ। यो उद्योगका लागि १० हजार केभीएको प्रसारणलाइनको आवश्यक पर्नेछ।
उद्योगमा कुल खर्च २ अर्ब ९६ करोड ७६ लाख खर्च गर्ने योजना छ। यो उद्योगले फिक्स क्यापिटल ३ अर्ब २१ करोड ४७ लाख रकम राखेको छ। यसैगरी ७५ करोड २८ लाख वर्किङ क्यापिटल राखेको छ।
कम्पनीमा शतप्रतिशत स्थानीय लगानी छ। हाल सेरामिक टायल विभिन्न देशबाट आयात हुने गरेका छन्। उद्योगले आयात विस्थापन गर्ने उद्देश्य लिएको छ।