टेकबहादुर खड्का,
अध्यक्ष,बाँके निर्माण व्यवसायी सघ
बाँके ‘निर्माण होलिडे’ घोषणा गर्नुपर्ने अबस्था आएको छ । निर्माण सामग्रीमा मूल्यवृद्धि भएपछि निर्माण कार्य ठप्प भयाे ।
चालू आर्थिक वर्षमा सञ्चालनमा रहेका करिब ७ अर्ब रूपैयाँ बराबरको ५ सय सरकारी निर्माण आयोजनाका काम रोकिएको छ । ठेक्का सम्झौता हुँदाको बेलाभन्दा अहिले निर्माण सामग्रीको मूल्य अत्यधिक भएकाले व्यवसायी घाटामा जान थालेका छन् । पहिले गरिएको ठेक्कामा अहिले काम गर्ने अवस्था छैन, त्यसैले बाध्य भएर निर्माण होलिडे घोषणा गरेका हौं । सबैभन्दा बढी डिजेलमा २५ प्रतिशत, इँटामा ३३ प्रतिशत र फलाममा २४ प्रतिशत मूल्यवृद्धि भएको हाे ।
कतिपय व्यवसायीले साम्रगी खरिद गर्न नसकेकाले तनाव झेल्नुपरेको छ, अन्य विकल्पका रूपमा यो अवस्था आयो ।
सङ्घले निर्माण सामग्रीको जिल्लामा तोकिएको दररेट समायोजन गर्न, मूल्यवृद्धिलाई राहत हुने गरी निर्देशिका ल्याउन, निर्माण पूरा हुने म्याद थप गर्न माग गरेको छ । कतिपय व्यवसायीले कामका लागि कच्चा पदार्थसमेत नपाइएको र पछिल्लो भुक्तानीसमेत नपाइएको गुनासो गरेका छन् ।