गठबन्धनमा सहमति : नेपालगन्जमा मेयर कांग्रेस,उपमेयर जसपालाई


काठमाडौं- सत्ता गठबन्धनको बैठक महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरको भागबण्डा टुंगो लगाएको छ।

बुधबार बसेको सत्तारूढ गठबन्धनको बैठकले तीन महानगरसहित ७ उपमहानगर कांग्रेसलाई दिने निर्णय गरेको छ।

कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकामा प्रमुख पाउनेछ। त्यसैगरी धरान, इटहरी, कलैया, तुलसीपुर, बुटवल, नेपालगञ्ज र धनगढी उपमहानगर पाउने भएको छ। नेपालगन्जकाे उपमेयर जनता समाजवादी पार्टीले पाएको छ ।

 

प्रकाशित मितिः     ७ बैशाख २०७९, बुधबार १७:०५  |