केन्द्रीय सहमतिले नेपालगन्जमा माओवादी र जसपामा चर्को असन्तुष्टि, निर्णय नमान्ने तयारी


वैशाख, नेपालगञ्ज । पाँच दलीय सत्ता गठबन्धले नेपालगञ्ज उपमहानगरपालिका नेपाली कांग्रेसलाई दिने निर्णय गरेसँगै एकीकृत नेकपा माओवादी र जनता समाजवादी पार्टीभित्र चर्को असन्तुष्टि छाएको छ ।
असन्तुष्ट बनेका जनता समाजवादी पार्टी जसपा का स्थानीय नेता कार्यकर्ताले पार्टी परित्याग गर्ने तयारी थालेका छन् ।

बिहीबार बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूले उपमहानगर बाँडफाँटका क्रममा नेपालगञ्ज उपमहानगरपालिका कांग्रेसलाई दिने निर्णय गरेसँगै जसपा बाँकेका नेताहरू पार्टी परित्याग गरेर छुट्टै निर्वाचन लड्ने तयारी थालेका हुन् । उक्त बिषयमा भोलि थप जानकारी दिने जसपाले जनाएको छ ।

त्यस्तै माओवादी भित्र समेत असन्तुष्टि छाएको छ । नगर समितिले बिज्ञप्ति निकालेर आफुहरुलाइ अन्याय गरेको बताएका छन् ।

प्रकाशित मितिः     ७ बैशाख २०७९, बुधबार २०:२९  |