वैशाख ९, काठमाडौं । नेपालगन्जकाे अगुवा महिला उद्योगी निरु चौधरीले ‘स्ट्याण्डर्ड चार्टर्ड न्यूबिज बिजनेश वुमन समिट एण्ड अवार्डस् २०२२’ सम्मानित भएकी छन् ।
‘स्ट्याण्डर्ड चार्टर्ड न्यूबिज बिजनेश वुमन समिट एण्ड अवार्डस् २०२२’ को अन्तिम कार्यक्रम अन्तर्गत प्रदेशतर्फ सात जनाले उत्कृष्ट महिला उद्यमी अवार्ड पाए ।
एभरेस्ट होटल बानेश्वर, काठमाडौंमा आयोजना गरिएको उक्त कार्यक्रममा सात ओटा प्रदेशमा छनौट भएकामध्ये सुदूरपश्चिम प्रदेशतर्फ धन देवी चोखाल, केशव माधव कृषि फार्म प्रालि, कैलाली, कर्णाली प्रदेशतर्फ कृष्णा कुमारी वंशी, लगनशील कोशेली टेक्सटाइल उद्योग सर्खेत, लुम्बिनी प्रदेशतर्फ निरु चौधरी पञ्चशील हस्तकला केन्द्र नेपालगञ्ज, गण्डकी प्रदेशतर्फ समिक्षा शर्मा, पर्वत कृषि उद्यान केन्द्र, कुश्माले उत्कृष्ट महिला उद्यमी अवार्ड पाएका छन् ।
त्यसैगरी बाग्मती प्रदेशतर्फ बासु माया तामाङ, नेपाली मन उद्योग (टिमुरको छोप उत्पादक) प्रोपराइटर, मधेस प्रदेशतर्फ यशोदा गजुरेल, यशोदा ब्याग तथा रेडिमेड उद्योग पर्सा र प्रदेश नं १ तर्फ सिता राई , लुमा घरेलु अल्लो उद्योग तथा तालिम केन्द्र मोरङले उत्कृष्ट महिला उद्यमी अवार्ड पाएका छन् ।
उद्यम, व्यवसायलाई प्रोत्साहन गर्ने यस्तो कार्यक्रम न्यू बिजनेश एजले सन् २०१३ देखि गर्दै आएको छ । महिला उद्यमीलाई सम्मान गर्ने कार्यक्रम भने गतवर्ष २०२१ देखि थालिएको हो ।
मेडिकल पार्टनर स्टार हस्पिटल, नलेज पार्टनर सेन्टर फर लिडरशिप एण्ड अन्त्रप्रेनरशिप, एअरलाइन्स पार्टनर टर्किस एअरलाइन्स, ई–कमर्श पार्टनर दराज, ननलाइफ इन्स्योरेन्स पाटर्नर नेको नेको इन्सुरेन्स लिमिटेड र इन्टरनेट पार्टनरमा डिसहोम फाइबर नेट रहेका छन् ।
कार्यक्रमलाई कृषि विकास बैंक, सिप्रदी, रिलायबल लाइफ इन्स्योरेन्स, प्रोगेशिभ फाइनान्स लिमिटेड, नेशनल लाइफ इन्स्योरेन्स, महिला उद्यमी महासंघ नेपाल, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल राष्ट्र बैंकले पनि सहयोग गरेका छन् ।