जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङमा नयाँ कार्यालय प्रमुख प्रहरी निरीक्षक झबिन्द्र परियार पत्रकार सम्मेलन मार्फत ट्राफिक ब्यबस्थापन र दुर्घटना न्यूनीकरणका लागि आफ्नो कार्ययोजना प्रस्तुत ।
१. क्षमता भन्दा यात्रु र समान बोक्नमा पुर्ण रोक लगाउने ।
२. पुर्ब पश्चिम राजमार्गमा सिसि क्यामेराको जडान गर्न स्थानीय तह सङ्ग समन्वय गर्ने ।
३. बिद्यालय र समुदाय सचेतना कार्यक्रमलाई व्यापक बनाउने ।
४.रोड सुधारमा समन्वय गर्ने ।
५.पार्किङ र छाडा पशुचौपाया ब्यबस्थापन गर्ने ।
६. सवारी चालक र गाडीको अबस्था जाचलाई कडाइ गर्ने ।
७. सबै सरोकारवालाहरु सङ्ग नियमित समन्वय र सहकार्य गरेर काम गर्ने ।