मेयरमा प्रशान्त बिष्ट निर्वाचित,उपमेयर सहित छ वडा जितेर झन सुदृढ बन्याे जसपा


तस्विर : बसन्त शर्मा

नेपालगन्ज -नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका प्रशान्त विष्ट र उप प्रमुखमा जनता समाजवादी पार्टी (जसपा)का नेपालका कमरुद्दिन राई निर्वाचित भएका छन् ।

निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका पशुपति दयाल मिश्रलाई दोब्बर बढी मतान्तरले पराजित गर्दै विष्ट निर्वाचित भए । उनले २३ हजार ४ सय ६० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका मिश्रले ११ हजार ६ सय ७५ मत ल्याए । विष्ट र मिश्रबीच ११ हजार ७ सय ८५ मतको अन्तर रहेको छ । तेस्रो स्थानमा आएका राप्रका नन्दलाल वैश्यले ७ हजार ५ सय ९८ प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) का कमरुद्दिन राई निर्वाचित भएका छन् । उनले १७ हजार ९ सय ५० मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी शान्तिदेवी ढकालले १० हजार ९ सय १५ मत प्राप्त गरिन् ।

राई र ढकालबीच ७ हजार ३५ मतको अन्तर रहेको छ । राप्रपाकी बिन्दु चर्तीमगरले १० हजार १ सय ३५ मत प्राप्त गरेकी छन् । नेपालगन्ज उपमहानगरपालिकाको निर्वाचनमा नेपाली कांग्रेस, जसपासहित पाँच दलबीच गठबन्धन बनेको थियो, भने नेकपा एमाले र राप्रपा एक्ला एक्लै भिडेका थिए ।
उपमहानगरमा जनता समाजवादी पार्टीले २३ वडा मध्ये वडा नम्बर ५ मा सराफत शेष, वडा नम्बर १३ मा सुरेश सिंह ठाकुर, १४ मा मजहर अलि शाह,मेरो वडा १५ नम्बर मा मदन बिक्रम शाह, वडा नम्बर २० मा कौशल कुमार धोबी र वडा नम्बर २२ मा अब्दुल गफ्फार हलवाइ (कल्लु )गरेर सबै भन्दा बढी वडा अध्यक्ष ६ जना जितेकाे छ ।

नेपाली कांग्रेसबाट मेयरमा बिष्ट सहित ५ वटा वडा अध्यक्ष, माओवादी केन्द्रबाट ४ जना वडा अध्यक्ष बिजयि भए । नेकपा एमालेबाट ५ जना वडा अध्यक्ष र राप्रपाबाट ३ जना वडा अध्यक्ष बिजयि भए ।

प्रकाशित मितिः     ६ जेष्ठ २०७९, शुक्रबार ०८:५०  |