मेयर बिष्टकाे आह्वान- आउनुहोस् मिलेर नेपालगन्जकाे विकास गरौं


नेपालगन्ज – नेपालगन्जमा मेयर निर्वाचित भएपछि प्रशान्त  बिष्टले सहयाेग गर्ने सबैलाई धन्यवाद दिएका छन् । उनले  नेपालगन्जकाे विकासका लागि हातेमालो गर्न आह्वान गरेका छन् ।

 

नेपालगन्ज उपमहानगरपालिका बासी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरु !


आफ्नो अमूल्य मतमार्फत मलाई यस उपमहानगरपालिकाको मेयर (प्रमुख) पदमा निर्वाचित गराउनु भएकोमा हृदयदेखि नै धन्यवाद व्यक्त गर्दछु ।

तपाईंहरुले हाम्रो पार्टी र म प्रति देखाउनु भएको आशा, विश्वास र भरोसालाई सधैं सिरोधार्य गर्दै अघि बढ्ने छु । हाम्रो यस विजयको अभियानमा यहाँहरुले गर्नुभएको मेहनत, व्यतित गर्नुभएको समय र भूमिकाप्रति गहिरो सम्मान सहित हार्दिक आभार समेत प्रकट गर्दछु ।

सम्पुर्ण नगरवासीहरुको भरोसाको केन्द्रका रुपमा उभिँदै रोजगारी, विकास र सम्वृद्दीलाई अघि बढाउन अत्यन्त निष्ठाका साथ लागिरहने प्रण पनि गर्दछु । साथै यो निर्वाचनमा म सँगै विजयी हुनुहुने उप- प्रमुख लगायत सबै जनप्रतिनिधिज्यूहरुलाई बधाई दिदैँ लोकतान्त्रिक प्रक्रियामा सामेल सबै दल र उम्मेदवारहरुप्रति समेत धन्यवाद व्यक्त गर्दछु । आउनुहोस् उपमहानगरको समग्र विकास निर्माणमा तपाईं /हामी सबै सँगसँगै अघि बढ्ने प्रण गरौं ।
यहाँहरुकै प्रशान्त बिष्ट
जय नेपाल !!!

प्रकाशित मितिः     ७ जेष्ठ २०७९, शनिबार ०९:३३  |
error: Content is protected !!